छलफल पछीचौसागढीनपाको बिबाद टुङ्गीयो

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं ५मा भएको बिबाद साँझ टुङ्गीएको छ ।

नगरका  बासिन्दाहरुले सडक निर्माण तथा बिजुली बत्ती खानेपानीको लापार्बाही भएको सडक हिड्न नहुने गरि धुलो हुने गरी बिगत केही दिन देखी गरेका कामबिचमा छोडे पछी स्थानीयहरु आक्रोशित भएका हुन । महीनौदिन देखी काम नगरी अलपत्र छोडेको लगाएत नगरपालीकाबाट पाउँने सामान्य सुबिधा समेत नपाएको भन्दै वडा नं  ५ बजारका बासिन्दाले दिनभर बाटो अबरुद्ध गरे पछी साँझ पख नगरपालीका र स्थानीय बिच बैठक बसेर तत्काल माग सम्बोधन गर्नै निर्णय भए पछी सडक खुलेको हो ।
  बाटो पिच गर्नलाई खानेपानीको वितरण लाइनले तत्काल खानेपानीको अस्थायी लाइन व्यवस्थापन गर्न पाइप ढुवानी गराई लाइन व्यवस्थित गर्ने कार्य सुरु गर्ने जीआई पाइप लाईन बजारमा व्यवस्थित गर्न यहि १४ गतेभित्रसम्म सम्बन्धित निकाय जुगल थालखर्क होल्चे खानेपानीलाई अनुरोध गर्ने
सडकको मापदण्ड अनुसार विद्युतको पोल, स्थानीय व्यक्तिको घर अगाडीको ढल निकासा गर्न नगरपालिकाद्वारा जारी गरिएको सूचना अनुसार कार्य अगाडि बढाउने। साथै केवल लाइन र टेलिफोन लाइन व्यवस्थित, नगरपालिका हुँदै नेपाल टेलिकम र सम्बन्धित निकायले बैशाख १५ गतेभित्र गरिसक्न अनुरोध गर्ने निर्णय भएको छ ।
बजारमा अव्यवस्थित धुँवा, धुलो भएको हुनाले १४ गतेदेखि बजार एरिया सडकमा चौतारा साँगाचोकगढी नगरपालिका कार्यालयले पानी दैनिक रुपले विहान ७ः३०, दिउँसो ११ र बेलुका ३ को समयमा व्यवस्थापन गर्ने बजार एसियामा सडक अवरोध  नरहने र तत्कालै बैठकमा छलफल भएका कार्य कार्यान्वयन गर्ने निर्णय भएको  कमल बहादुर बेसीले बताउँनु भएको छ । उँहाका अनुसार ५ नं वडाका वडा अध्यक्ष नरमान श्रेष्ठ, १३ नं. वडा अध्यक्ष रामप्रसाद गौतम, इन्जिनियर बद्री भुजेल, ५ नं. वडा सदस्य कमल श्रेष्ठ, प्रविणकुमार घले, रामशरण काफ्ले, किरणमान श्रेष्ठ, अमृत श्रेष्ठ, हिरोमणी श्रेष्ठ, हरिप्रसाद दुलाल,

, ,