बालबालीका नपढाउँनेलाइ सरकारले सुबिधा नदिने मन्त्रीको उद्धघोष


 लोकप्रिय समचार ,
 आफ्ना बालबालीकालाइ बिद्यालयमा नपढाउँने  अभिभबाकलाइ सरकार बाट पाउँने सुबिघा कट्टी हुने कानुन तथा संसदीय मामीला मन्त्री माननीय शेर बहादुर तामाङ्गले बताउँनु भएको छ ।

उँहाले इन्द्रवती गाँउ पालीका वडा नं  ११ सिमान्तकृत माझी बस्ती भिमटारस्थित  स्थित   श्री सेती देबी माध्यमिक बिद्यालयमा  आयोजित भर्ना अभियानमा सहभागी भएका  अभिभाबक, बिद्यार्थीहरुलाइ स्वागत गर्दै यस्तो बताउँनु भएको हो । शिक्षा भनेको जती आर्जन गरेर बिक्री गर्यो त्यती नै फलदाय हुने एउटा अमुल्य बस्तु भएको बताउँदै शिक्षकले जती बिद्यार्थिलाइ सिकयो त्यती नै शिक्षकलाइ पनी नयाँ नयाँ शिक्षाका ज्ञान प्रप्त हुने र बिद्यार्थीले पनी शिक्षा सिक्ने भएकाले यस्तो पबित्र बिद्यालयमा  आफ्ना बालबालीकालाइ भर्ना गराएर शिक्षीत परिबार बनाउँन सबैलाइ आग्रह गर्नु भयो ।
शिक्षाको बिकाश भयो भने देशको बिकाश हुनुका साथै रोजगारको समेत श्रृजना हुने हुँदा शिक्षा र सिपले  मानीसलाइ छिट्टै परिबर्तन गराउँने बताउँनु भयो
उँहाले सो अबसरमा  सोही बिद्यालयमा अध्ययन गर्ने सिमाङ्कृत माझी जनजाती समुदायका छात्र तर्फ शुशिल माझी, र छात्रा तर्फ  सञ्जीता माझी र रसिला माझीलाइ  जोड दुइ सम्म अध्ययन गर्नका लागी छात्रबृत्ती दिने घोषणा समेत गर्नु भयो । कार्यक्रममा जिल्ला सम्मन्वय समितीका संयोजक कृष्ण गोपाल तामाङ्गले  अब माझी समुदायहरु खोलाको मात्र राजा हुने होइन देशकै राजा हुन पर्ने बताउँदै आफ्ना बाल बालीका सबैलाइ उच्च शिक्षा भन्दा माथी  सम्म  पढाएर देशकै राजाको रुपमा रहन अनुरोध गर्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले सबै राजनिती दलका नेता तथा कार्यकर्ताले बिद्यालयको पहुँच बाहिर रहेका बालबालीकाहरुलाइ बिद्यालयमा ल्याएर भर्ना गर्न गराउँन अनुरोध गर्नु भयो । 

, , , , ,