समयानुकुल शिक्षा सिकाइ हु पर्ने ः— सापकोटा


नेत्र बहादुर बस्नेत
समायनुकुल शिक्षाको सिकाइ भयो भने मात्र शिक्षाको बिकाश हुने भएकाले सबै शिक्षकहरुले बर्तमान परिस्थीतीमा सिकाइका लागी प्रयोग गरिने  शैलीमा पनी परिबर्तन गर्न पर्ने पुर्ब मन्त्री माननीय सँसंद अग्नी प्रसाद सापकोटाले  बताउँनु भएको छ । उँहाले समामुदायक बिद्यालयमा काम गर्ने शिक्षकले राष्ट्र्यि अन्तराष्ढ्र्र्र्यि स्तरमा समेत बदलिदो परिस्थीतीअनुसारको  प्रबिधीमा आधारीत शिक्षा प्रदान नगरे डाइनोसर सरह लोप हुन पर्ने अबस्था आउँन सक्ने  भएकाले  बर्तमान परिस्थीतीलाइ समेत ध्यानमा राखी सुहाउँदो र समयले मागेको प्रबिधी अनुसार  अभिभाबक तथा बिद्यार्थीले चाहेको गुणस्तरिय शिक्षा दिन पर्ने भएकाले सबै शिक्षकहरले सोही अनुसार शिक्षा प्रदान गर्नु पर्ने बताउँनु भएको छ । उँहाले उक्त कुरा लिसखुंपाखरगाउँपालीका वडा नं ६मा स्थित  श्री श्रीदेबी माध्यमिक बिद्यालयक छपन्नोै बार्षीक उत्सबको उद्धघाटन गर्दै बताउँनु भएको हो  सो अबशरमा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले सामुदायक बिद्यालयका शिक्षकहरुअब सिकाइका बिषयमा अली चनाखो भएर समयानुकुल शिक्षा प्रदान गर्न सक्यो भने सामुदाय बिद्यालय का अभिभाबकहरुले  आफुले भने जस्तो शिक्षा उपलब्ध गराएर आफ्ना बालबालीकालाइ पुर्ण शिक्षीत बनाउँने चाहान पुरा गराउँन सक्ने बताउँनु भयो । कायक्रममा बिषेस अतिथीका रुपमा बोल्दै  शिक्षा बिकाशतथा समन्वय इकाइ का प्रमुख गौेरी शङ्कर पाण्डेले  जिल्लाका सबै सामुदायक बिदालयहरले निजी  बिद्यालय सँग प्रतिस्पर्धा गरेर अगाढी बढिरहेको अबस्थामा स्थानीय जनप्रतिनीधिले  सामुदायक बिद्यालयलाइ अगाडी ल्याउानका लागी पुर्ण रुपले ठुलो सहयोग पुर्याइरहेको अबस्थामा शिक्षकहरुले पनी अबसरका रुपमा यसलाइ प्रयोग गरेर जनचाहानाअनुरुपको शिक्षा प्रदान गरेर गुण स्तरिय सिकाइमा अग्रसर रहन पर्ने बताउँनु भयो । उँहाले सामुदायक बिद्यालयका शिक्षक शिक्षीकाहरुले आजै देखी समयानुकुल गुण स्तरिय शिक्षा प्रदान गर्न प्रण गरेर लाग्नु पर्ने बताउँनु भयो । उँहाले आफुले अध्ययन गर्ने बेलमा धेरै असहज परिस्थिती रहेको बताउँदै यही बिद्यालयमा अध्ययन गरेर आफु अहिले को अबस्थामा पुगेको बताउँनु हुदै बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाइ बिद्यालयमा आउँदा खाने पानी ल्याउँनका लागी एक एकवटा खानेपानीको  भााडो र कलम कापी किताब हाल्ने एक एक वटा बक्स प्रत्येक बिद्यार्थीलाइ बितरण गर्नु भयो । अर्का बिषेश अतिथी राष्ट्र्ी सभाका सदस्य बिमला राइले सोही बिद्यालयका सात जना बिद्यार्थीहरुलाइ  एक बर्षका लागी पुग्ने  खर्च बापतको रकम बिद्यालयलाइ  उपलब्ध गराउानु भयो । गाँउपालीकाका प्रमुख कमल नेपालले सिंहदरबारको अधिकार गाँउमा भनर हामलिे काम गरिरहे  जस्तै शिक्षाले पनी परिबर्तीत अबस्थामा सिकाइमा परिबर्तन गरेर धेरै भन्दा धेरै शिक्षत ब्यक्तीको उत्पादन गर्न पर्ने बताउँनु भयो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष  रत्नबहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषको स्थपना गर्नेहरलाइ सम्मान गरिएको थियो भने उत्कृष्ट बिद्यार्थी तथा शिक्षकलाइ सम्मान गरिएको थियो । बिद्यलयका प्रधानध्यापा रिबन बहादुर बस्नेतले बिद्यालयको गतिबीधिका बारेमा जानकारी गराउँदै  प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने शिक्षक कमल थापाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।


,