सम्बिधानले महिला पुरुष दुबैलाइ बराबर हक प्रदान गरेको छ मन्त्री तामाङ

नेत्र बहादुर बस्नेत बैशाख १४ गते
बर्तमान अबस्थामा महिलाले प्रशस्तै अबशर पाएको तर त्यस अबशरको सदुपयोग गर्न नसकेको कानुन न्याय तथा संसदियमामीला मन्त्री शेर बहादुर तामाङ्गले बताउँनु भएकोछ।

उँहाले उक्त कुरा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको टुडीखेलमा आयोजित सहि हो अ भियानलेआयोजना गरेको समुदायक मेलाको उद्धघाटन कार्यक्रममा यस्तो बताउँनु भएको हो । मेलाको उद्ध्रघाटन गर्नु हुदै तामाङ्गले  महिलाले पनी चाहे भने पुरुष सरह काम गर्नै बताउँदै  बर्तमान सम्बिधानले महिला पुरुष दुबैलाइ बराबर हक प्रदान गरेको बताउँनु भयो।उद्ध्रघाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले पैत्रीक सम्पतिमा छोरालाई मात्र अंश लाग्ने ब्यवस्था भइ आएकोमा अब छोरीलाई पनि अंश लाग्ने ब्यवस्था सम्बिधानले गरेको बताउँदै   छोरीले ज्वाइलाइ  जन्म घरमा नै पैत्रृक सम्पती लिएर राख्न सक्ने बताउँनु भयोे ।
सम्विद्यान कानुनमानै पैत्रृक सम्पतिको कानुन उल्लेख भएकाले यो ब्यवहारमा पनि लागुहुने बताउनुभयो । महिला आफैले आफ्रनो पाईला रोक्न नहुने बताउदै कमजोर सोचेर नबस्न अनुरोघ गर्नुभयो। मन्त्री तामाङ्गले अब युवाहरु पासपोर्ट च्यापेर बिदेश जाने होइन नेपालमा नै उत्पादनमुलक काम गरेर बस्न पर्ने स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीको बजारीकरणको ब्यबस्था गरेर बिदेशी समाग्रीलाइ निरुत्साहीत गर्दै स्वदेशी उत्पादनलाइ ग्राह्ता दिन पर्ने बताउँनु भयो । उँहाले स्वदेशमा नै खपत हुने पैसा बिदेशी सामान किनेर बिदेश पठाउँन पर्ने भएको ले अब स्वदेशमा नै खाद्यन्न उत्पादन गरेर स्वदेशमा नै पैसा राख्न पर्नेमा जोड दिनुभयो ।
।यस्तै विशेष अतिथिका रुपमा उपस्थित  सामाजिक अभियान्ता चरीमाया तामाङले महिलामा आएको परीवर्तन सकारात्मक भएको टिप्पणि गर्दै घर देखि कार्यलय सम्म महिला पुरुषको सहभागिता समानहुनुपर्ने तर्क राख्नुभयो उँहाले आफुले महिलाको अधिकारका लागी काम गर्द पाएको दुःख र समस्याका बारेमा चर्चा गर्दै  काम गर्दा समस्या आउँछ त्यो समस्या सँग जुधेर अगाडी बढ्न पर्छ भन्न् हुदै महिलाहरुले आफ्नो अधिकारका लागी अग्रज स्थानमा रहेर काम गर्न पर्ने  बताउँनु भयो ।
  त्यस्तै चौतारा सँगाचोक गढी नगरपालीकाक उप प्रमुख जानुका पराजुलीले बिगतका समय भन्दा बर्तमान समयमा महिलाहरुले धेरै अधिकार पाएका छन ति अधिकार र कानुनलाइ ब्यबहारमा लागु गर्नका लागी महिलाबर्गहरु पनी सचेत हुन पर्ने र पुरुषले पनी कानुन तथा सम्बिधानमा ब्यबस्था भएका बुदाहरुको अक्षरशं पालाना गरेर महिलालाइ अगाडी बढाउँन पर्नै बताउँनु भयो ।  मेलामा विभिन्न स्टल समेत प्रस्तुत गरीएको थियो ।लघु उद्यममिहरुले स्थानिय स्तरमा तयार पारेका सामाग्रिहरु लब्सिका क्यान्डि , शृङ्रगारका सामाग्रि , नेपालि पोशाकका कपडाहरु प्रदर्हनिमा राखिएको थियो । यस्तै सामुदायिक सारथी, सामी परीयोजना , सुआहारा , ट्रान्सपरेन्सि नेपाल, नेपाल रेडक्रस, लगाएत समाजीक संस्थाहरुको प्रदर्शनी स्टलमा देखिएका थिए । विषेस गरी विद्यार्थिका लागि करीयर परामर्श स्टल, महिलादद्धारा उत्पादित सामाग्रिको प्रदर्शन राखिएका थिए ।
मेलामा राष्ट्रिय कलाकारहरु जितु नेपाल, सविता गुरुङ, शिवहरी पौडेल, गायिका विना निरौला लगाएतको दर्शककलाई मनोरन्जन प्रस्तुत गरेका थिए ।महिला सशक्तिकरण र लैङी्रक समानताको लागि सामुदायिक मेला आयोजना गरीएकोमा आयोजक सहि हो अभियान लाइ सबैले धन्यबाद समेत ब्यक्त गरेका थिए ।  प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्ग प्रहरी प्रमुख प्रहरी उपरिक्षक महोन पोख्रेल लगाए जिल्लाका संञ्चाकर्मी तथा हज्जारोै  सहभागीहरुका साथ सम्पन्न कार्यक्रमा हाँस्य कलाकार द्धारा प्रस्तुत नाटक अनी बिना निरोलाको गितले उपस्थितलाइ  मनोरन्जन समेत दिलाएको थियो । कार्यक्रम तारा बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।  कार्यत्रलममा लोक दोहोरी प्रतियोगीताका बिजेताहरु लगाएतलाइ पुरस्कार तथा सम्मान गरिएको थियो ।




, , , ,