३३ सदस्य सहित फुट्यो रजपा नेपाल

सबिना कार्की/राष्ट्रिय जनता पार्टी नेपालका केही असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरेका छन । रिपोर्टस क्लबमा पत्रकार सममेलन गरि नयाँ पाटीको घोषण गरेका हुन ।
उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा गरेको हो ।उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नंया पाटीले महाधिवेशन नगरुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो तदर्थ समितिमा संयोजक अशोककुमार यादव, सह(संयोजक रीतेश कुमार सिंह, कोषाध्यक्ष मधुमाया यादव, महासचिव सुवासचन्द्र बिराजी, महासचिव जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् ।
यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेको तदर्थ समितीका संयोजक अशोक कुमार यादब र सहसंयोजक रीतेश कुमार सिंह द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ। राजपाले संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस आन्दोलनमा निर्दाेष जनताले ज्यान गुमाउँदा राजपाका अध्यक्षमण्डले मात्रै फाइदा लिएको, मधेसी जनताको एजेण्डा छोडेर सत्तामा जान खोजेको लगायतका आरोप लगाउँदै नयाँ पार्टीको घोषणा गरेका हुन । ‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुलेपार्टीले उठाउँदै आएको मुद्दा नै बिसर्जन गरेर मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी भयो भन्दै संयोजक यादवले मधेशको हितका लागी आफुहरुले अकौ पाटीको गठन गर्न परेको बताउँनु भयो सह(संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताउँदै राजपा नेपालका अध्यक्ष हरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं भन्नु भयो ।

,