एक महिनामा तीन दर्जन बलात्कृत

देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाहरुको सुरक्षाको विषय चुनौतीपूर्ण बन्दै छ । महिलाको स्वतन्त्रताको विषयमा गम्भीर प्रश्न उठेको छ ।
महिला माथि हुने हिंसाको अन्त्य विना देशमा सामाजिक न्याय, दिगो शान्तिको स्थापना न त लोकतान्त्रिक गणतन्त्र नै दिगो हुन सक्छ । यसरी महिला माथि भएका हिंसालाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले मासिक रुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रमको आयोजना गर्ने गरेको छ ।
र्काक्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित घटनाहरुका आधारमा चैत्र महिनामा मात्रै ३ दर्जन अर्थात् ३६ जना महिला तथा बालिकाहरु माथि बलात्कार भएको पाइएको  बताइएको छ ।  ओरेकका अनुसार चैत्र महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका जम्मा १३१ वटा घटनाहरु मध्ये ३६ जना (२८  प्रतिशत जसमध्ये ७ सामुहिक बलात्कार र १ बलात्कार पछि हत्या) महिला माथि बलात्कार भएको तथ्याङ्क छ ।
यसरी अभिलेखीकरण भएका बलात्कारका घटनामा सबैभन्दा बढी ५३ प्रतिशत १६ बर्ष मुनिका बालिकाहरु माथि बलात्कार भएको पाइएको छ । यसैगरी २२ प्रतिशत १७ देखि ३० बर्ष उमेर समूहका र ८ प्रतिशत उमेर समुह थाहा नभएका महिला तथा बालिकाहरु माथि बलात्कार भएको छ । बलात्कार प्रभावित मध्ये सबैभन्दा बढी ५० प्रतिशत महिला तथा बालिकाहरु छिमेकीबाट बलात्कृत भएको पाइएको छ ।
यसैगरी, ओरेकको कार्यालयमा चैत महिनामा ४० प्रतिशत घरेलु हिंसा र  १५ प्रतिशत सामाजिक हिंसा, ६ प्रतिशत यौन दूव्र्यवहार, ५ प्रतिशत बलात्कारको प्रयास, ४ प्रतिशत हत्या, २ प्रतिशत महिलाहरु माथि भएका अन्य (१ जनाको हत्या प्रयास र १ जनाले आत्महत्या ) प्रकारका हिंसाकाका घटनाहरु दर्ता भएका छन् ।
तथ्याङ्क अनुसार कम उमेरका बालिकाहरु माथि नै बलात्कारका घटना बढी हुने गरेको पाइएको छ । यसरी १६ बर्ष मुनिका बालिका माथि यति बढी बलात्कार हुनु र राज्य संयन्त्र प्रभावकारी हुन नसक्नु चिन्ताको विषय हो । युवा अवस्थामा भर्खर प्रवेश गरेका र देशका भविष्यका कर्णधारको रुपमा रहेका बालिका तथा किशोरीहरुमाथि भएका यस्ता घटनाहरुले उनीहरु माथि भविष्यमा कस्तो असर पर्ला भन्ने कुरा सोँचनीय छ ।
तसर्थ यो उमेर समुहका बालिकाहरु किन बलात्कृत भइरहेका छन् भन्ने विषयमा अझ थप अनुसन्धान अविलम्ब गर्नुपर्ने देखिन्छ । यसलाई निरुत्साहित गर्न यसरी बलात्कृत भएकाबालिकाहरुलाई उचित सहयोग गरी आफ्नो शरीर र निर्णयमाथि आफ्नै अधिकार कायम राख्नसक्ने वातावरण बनाउँनु आवश्यक छ भने दोषीलाई अविलम्ब सजायँ गरी यस्ता कामगर्नेलाई हतोत्सा हितगर्न उचित र प्रभावकारी संयन्त्रको व्यवस्था गरिनु अनिवार्य छ ।
पछिल्लो समयमा बढ्दै गएको बलत्कारको घटना र यसका कारण बाट भएका  हत्याका सम्बन्धमा प्राय समचारहरु आइ रहेका छन यस कार्यको रोकथामका लागी बलात्कारीलाई कडा भन्दा कडा सजाय दिने ब्यबस्था कानुनको निर्माण गरी  लागु गर्न र समाजका बालबालीकाहरुलाई पनि उचित शिक्षा तथा सुरक्षित वातवरणको व्यवस्थामा अझै चनाखो हुन पर्ने आजको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।