जोखिममा पिडीतका घर हरु माझी बस्ती पुरै जोखिममा



नेत्र बहादुर बस्नेत
  नेपाल सरकारले भुकम्प पिडीतहरुलाइ पुनिर्माणका लागी दिएको  अनुदान गत २०७४महिना सम्ममा  किस्ता लीइ सक्न पर्ने  निर्देशन दिदां हतारमा पुननिर्माणको काम गर्नु पर्दाकेही स्थानमा  जोखिम हुन पुगेको छ । केही स्थानमा स्थानीय जनप्रतिनिधीले र पुननिर्माण प्रधिकारणले ध्यान नदिदाँ भुकम्प पिडीतहरु फेरी बिस्ताबित हुने भएका छन ।
सुनकोशी गाँउपालीकाको वडा नं ७  खाडीचौउरमा खोलाको मापदण्ड बिपरित भबन निर्माण गरिन लागेको छ । एकातिर खोलाको कटानले समस्यामा  पर्ने भएको छ भने अर्काे तिर पैरोको समस्या रहेको छ । ६४घर परिबार  माझी सम्दायको घर  पुनिर्माण भएर बस्न नपाउँदै फेरी समस्यामा पर्ने भएका छन त्यँहा निर्माणधिनमा रहेको शय घर मध्य ६४ घर  माझी तथा बस्ती परेको छ ।  सरकारले बितरण गरेको भुकम्प पिडतको अनुदानबापतको रकमले स्थाइत्व हुने गरि बसोबासको ब्यबस्था गर्न पर्ने मा बस्ती नबस्दै अर्काे ठाँउ खोज्न पर्दाको अबस्था के हुने? भन्ने बिषमा स्थानीय पिडतिहरु अनबिज्ञ रहेका छन । त्यस बस्तीमा रहेका भुकम्प पिडतहरुलाइ सरकारले पछी अर्काै राहात रकम दिएर अन्यत्र सार्न भन्दा पनी अहिले नै सुरक्षित स्थानमा बसोबासको ब्यबस्था मिलाउँन सके राम्रो हुने थियो भुकम्प पिडीत  खड्क बहादुर माझीका अनुसार सुनकोशी बिधुत प्रधिकरणले खोलामा बाधँ बाधेर बस्तीको लागी केहीस् सुरक्षित बयबस्था गर्ने भनेर आश्वाशान दिए पनी हाल सम्म केही गरेको छैन ।
उँहाले सुनकोशी प्रधिकरणको छेउबाट खोलाले जमिन काट्दै गएको र माथीको खेत समेत खशाली सकेको हुँदा अब कुनै पनी बेला पहरिो खश्न सक्ने र अली अली पानी पर्न थाले पछी बस्तीमा पानी पस्न थाल्ने  त्रास भएको बताउँनु भयो  उँहाले माझी समुदायहरुको अन्यत्र जग्गा घडेरी नभएको ले त्यँहा बनाउँनु परेकोबताउँनु भयो ।  अम्बर बहादुर माझीले  बस्ती भन्दा  अलिकती मात्र माथी सुनकोशी खोलाले कटान गर्न थालेको ले तत्काल त्यसको रोक थाम नगरे बस्ती मा ठुलै घटना हुन सक्ने बताउँनु हुन्छ भने त्यस बस्तीमा सबभन्दा माथी घर निर्माण गर्दै गर्नु भएका अम्बरमाझी आफैले अन्त जग्गा नभए पछी बाध्य भएर घर निर्माण गर्न लागेको र वडा कार्यलयमा भन्दा यसमा ठुलो बजेट चाहीने भउको ले तत्काल गर्न नसिकने बताएको बताउँनु भयो  अर्का पिडीत बुद्धी बहादुर माझीले उक्त बस्ती अती नै जोखिममा परेकोले यस तर्फ सम्बन्धीत निकायको  तत्काल ध्यान दिन पर्ने   बताउँनु भयो ।  त्यस्तै अर्का भुकम्प पिडतिले सरकारको प्रतिनिधी  प्रबिधिक  कार्यलयका सबैले ठिक छ भनेका छन तर यँहा कतीबेला खोला र पैरोले बगाउँने हो हामीलाइ त्रास भइरहेको छ । यसरी त्रासादी  भएर कसरी बस्न सकिन्छ ? सरकारले सुरक्षित बस्तीको ब्यबस्था गरिदएर परिबारलाइ घरमा ढुक्क सँग राखिदिन पाए ज्याला गरेर भए पनी जिबीका चलाउँन सकिन्थ्यो भन्दै स्थानीय पिडतिले सुरक्षित ठाँउ खोजिरहेका छनसरकारले दिएको अनुदानमात्र सक्ने हो भने किन  घर बनाउँनु त्यसै दिए भइ हाल्यो नी स्थानीयको भनाइ रहेको छ ।
यस सम्बन्धमा  सुनकोशी गाँउपालीका वडा नं ७का वडा अध्यक्ष इश्वर तिमील्सिनाले साबीक पाङ्ग्र्रेटारका पुरै आठ नंम्बर वडाका बस्ती रहेको उक्त माझी बस्ती अहिले झन जोखिममा परेको उनीहरुको अन्यत्र जग्गा समेत नभएकोले आफनो पुर्दाहरु रहेका ठाँउमा घर निर्माणका लागी लागी परेका छन यस जोखिम बाट हामी पनी चिन्तीत छौ वडामा बजेट छैन गाँउपालीका तथा जिल्ला र प्रदेशमा  पहल गरिएको छ ।यँहाका स्थानीय माननयिहरुको समेत  प्रदेश सरकार र केन्द्रमा  प्रतिनिधीत्व भएकाले यस बर्ष यो समस्याको समधान हुने आशामा रहेको बताउँनु भयो । यस बिषयमा जिल्ला समन्वय समितीका सदरुय सकुन्ताला माझीले  यो बस्ती  जोखिममा रहेकोले आफुले  जिल्ला समन्वय समिती मार्फत उक्त जोखिममा रहेका नागरिकलाइ सुरक्षित स्थानमा सार्नका लागी पहल गरिरहेको समेत बताउँनु भयो ।

, , ,