चौतारामा मेलाको मुख्य आकर्षक बन्यो लघु उद्यम
सो कार्यक्रममा कानुन मन्त्रि माननीय शेरबहादुर तामाङले पनि प्रर्दशनीको अवलोक गर्नुभयो । स्थानीय स्तरमा उपलब्ध स्रोत तथा कच्चापदार्थ प्रशोधन गरि तथा उत्पादन भएका सामाग्रीहरु विक्रि गरीएको थियो । प्रर्दशनीमा अलौची, लप्सि
क्याडी ,सिन्केधुप,बायो विक्रेट,इन्टरलक ईटा ,क्रिटल, व्याक झोला र सिलाईको सामाग्रीहरु राखिएको थियो । स्थानीय उत्पादन नै अर्थ तथा पुजीँ संकलनको मुल आधार हो भन्ने सन्देश लघु उद्यमीहरुबाट उत्पादित सामाग्री विक्रिले जनाएको कुरा जिल्ला लघु उद्यमी संघको अध्यक्ष सानु माया गुरुङ्ग ले बताउनु भयो उँहाले सिन्धुपाल्चोकमा स्थानीय तहले स्रोतमा आधारित उद्यमहरु संचालन गरि रोजगारी सिर्जन गरेर युवा पुस्तालाई विदेश जान बाट रोक्न सकिने बताउनु भयो । मेलामा चौतारा साँगाचोकगढी नगरपालिकाको उप प्रमुख जानुका पराजुलीले अवलोकन गर्दै उद्यमीहरुले संचालन गरेको उद्यम स्तरउन्नति र विस्तरको लागि नगरको विशेष प्याकेज तयार गरिने बताउनु भयो ।
मेलामा सामाग्रीहरुको बढ्दो विक्रिले लघु उद्यम संचालनको लागि प्रोत्साहन बढेको र उद्यमीहरु उत्साहित बनेका छन जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको जिल्ला कार्यक्रम संयोजक बिक्रम सुन्दासले बताउनु भयो । पछिल्लो समयमा घरेलु तथा सानाबिकाश समितीको बिशेष सहयोगमा लघुउद्योमीहरले जिल्लामा गरेको प्रगतीको प्रशंसा समेत गरिन थालेको छ ।