सामुदायिक मेलमिलापकर्ताको अधिवेशन सम्पन्न
चन्द्रकला खत्री/चौतारा-
दिगो शन्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल नारामा साथ सञ्चालित सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रमकोउद्धघाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि होम नाराण श्रेष्ठले देश भरिकै ४६० गाँउपालिकामा मेलमिलाप अभियानलाई तिब्रता दिन सहयोग गर्ने बताउनु भयो ।
आगामी चार वर्षे अवधिका लागि निर्वाचित जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष उद्धव अधिकारीले सामुदायिक मेलमिलापको अभियानलाई सार्थक ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । जिल्लामा मेलमिलापको क्षेत्रमा कार्यरत करिब ८ सय मेलमिलापकर्ताहरु रहेका छन् ।