महिला सशक्तीकरणका लागी सामुदायकमेला



नेत्रबहादुर बस्नेत

आफ्नो पेशालाइ प्रमुख स्थानमा सुरक्षित राखेर सामाजीक संरक्षणमा लाग्नु कलकारहरुको मुख्य दाइत्व रहेको हास्य कलाकारहरुले बताएका छन ।
राजनितीक दलका नेता तथा कार्यकर्तालाइ ब्यङ्गात्मक भाषाले जनताका कुरा राख्न र देशमा हुने गरेको चेलीबेटी बेच बिखन तथा घरेलु हिंसा लगाएतका  घटनाहरुको बिरुद्ध जनचेतनाकार्यक्रम गर्नु आफ्नो मुख्य दाइत्व भएको हास्य कलकार तथा समाजसेबी जितु नेपालले बताउँनु भएको छ ।  सही हो ! अभियानको बैशाख १४ गते सिन्धुपाल्चोक जिल्लाको टुडीखेलमा आयोजना हुन लागेको  महीला सशक्तीकरण र लैङ्गीक समानताका लागी सामुदयक मेला सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा  उपस्थित संञ्चार कर्मीहरुसँमक्षम उँहाले उक्त कुरा बताउँनु भएको हो ।
अर्का कलाकार तथा समाजसेबी शिबहरी  पौडेलले कलाकार ले नेता तथा समाजमा रहेर सामाजीक काम गर्न लागेका मानीसलाइ सचेत गराउँने काम गरिरहेका छ ।  यसका साथै बिशेष गरि ग्रामीण क्षेत्रको नागरिकहरुको बिषयमा पिछडिएका महीला तथा पिछडाबर्गको बिकासका लागी कलकारहरुले आफनो ठाउँबाट खेल्न पर्ने भुमिका खेलिरहेको बताउँनु भयो । अर्का कलकार मिना निरौलाले महीलाले पनी केही गर्न सक्छन भनेर प्रोत्सान दिनका लागी घरमा महिलाले पनी यथार्थतामा रहेर कुरा गर्न पर्छ र पुरुष तथा अभिभाबकले पनी सहयोग गर्न पर्छ भन्नु हुदै आफुले यस्ता सहयोग पाएको बताउँनु भयो  कार्यक्रमका बारे  प्रकाश पार्दै ईक्वेलएक्सेसका कोस्टुब पोख्रेल ले  घरपपिरबार र समुदाय र स्थानीय स्तरको आर्थीक कृयाकलापमा  महलिाको नेतृत्वदायी भुमिकामा  बाधा पुर्याउँने भेदभाव बिरुद्ध चेतना फैलाउँने लैङ्गीक सम्बेदनशिल निती तथा योजनाका निम्ती सम्बन्धीत निती र्मिाताहरु सँग पैरबी गर्ने  ग्रामीण क्ष्ँेत्रका महिलाहरुलाइ कृषी मा सहभागीताका लागी प्रोत्सान गर्ने लगाएतका कामहरु गर्ने मुख्य उद्धेश्य रहेको हुदाँ सोही उद्धेश्य पुरा गर्नका लागी मेला आयोजना गरिएको बताउँनु भयो ।
मेलामा बिभिन्न क्षेत्रबाट महिलाहरुले गरेका कामहरको प्रदर्शनी गरिने खाशगरिकन  महिलाहरुले आफ्ना लागी निर्धारण गरेका  लक्ष हासिल गर्न कसरी परिबार स्थानीय अगुवा लगाएत  सबै पुरुषहरुले साथ र सहयोग गर्दै समाजमा जरा गाडेको हानीकारक सामाजीक मुल्य मान्यताको अन्त्य गर्न र समाजमा महिलाको लागी सुरक्षित बातबरणको निर्माण गर्नमा सघाउ पुर्रयाउँनको लागी  यो मेलाले अबशर जुटाउँने बताउँनु भयो यो कार्यक्रममा कानुन न्याय  तथा संसदीय मामीला मन्त्री माननीय शेरबहादुर तामाङ्ग चौतारा सँगाचोक गढी नगरपालीकाका  प्रमुख  अमानसिं तामाङ्ग महिला अधिकार कर्मी चरीमाँया तामाङ्गले सम्बोधन गर्नै कार्यक्रम रहेको समेत सो अबसरमा जानकारी गराइएको थियो । कालाकारहरु जितु नेपाल शिबहरी पौडेल निरज नेपाल मिना निरौला लगाएतको प्रस्तुती सँगै चेतनामुलक तथा मनोरञ्जनात्क कार्यक्रम समेत गरिने भएको जानकारी सो अबसरमा गराइएको थियो ।  कार्यक्रममा बिनीता श्रेष्ट, नबोदिता सुबेदी ,ताराबहादुर भण्डारी लगाएतले कार्यक्रमको बारेमा  चर्चा गर्न भएको थियो । कार्यक्र होटल अरनिकोमा भएको हो ।

, , , , ,