सिन्धुबिकाशको १५ शाखा जल्बीरेमा


सिन्धुपाल्चोक जिल्लाकै पहिलो बिकाश बैङ्क
 सिन्धु बिकाश बैङ्कको १५औ शाखा जल्बीरेमा खुलेको छ . जिल्लाको दुर्गम गाँउ बस्तीका नागरिकहरुलाइ सेवा दिनका लागी भन्दै अर्को शाखा कात्तीकेमा खोल्न लागेको सिन्धुबिकाश बैङ्कले जिल्लाका साना किसान तथा उद्योगी एबम शिक्षा सँग सम्बन्धीत ब्यक्तीहरुको मन जित्न सफल भएको छ  ।. खाशगरी बैङ्कको ब्यबस्थापन र संञ्चालकहरुको ब्यबस्थित  सञ्चालनका कारण पछिल्लो समयमा सिन्धु बिकाश बैङ्क प्रती स्थानीयहरुको आकर्षण बढेको छ . बैङ्कको पन्ध्रौ शाखाको उद्धघाटन गर्दै सिन्धु बिकाश बैङ्कका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले कृषी पेशामा लागेका र ग्रमिण क्षेत्रका मानीसहरुलाइ बैङ्कीङ्ग सुबीधाबाट बञ्चीत हुन नपरोस भनेर ग्रामीण क्षेत्र लाइ प्राथमिकता दिएर शाखा बिस्तार गर्न लागेको बताउँनु भयो . उँहाले बिदेशिने युवा शक्तीलाइ स्वदेसको आफ्नै जन्म स्थलमा उद्योगको बिकाश गरेर स्वरोजगारमा लाग्न पर्ने भएकाले  गाँउमा नै केही उद्योग गरेर श्रमलाइ गाँउमा नै प्रयोग गर्न समेत य’वाह?लाइ आग्रह गर्दै आबश्यकता अन’सार प्रकृया प’रा गरेर बैङ्कले त्यस्ता ब्यबसायीहरुलाइ  प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो यसै बिच  सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा पनी बैंकको शाखा खोली सकेको छ  जिल्लाको सिलढुङ्गामा पनीसिमिति बैंकिङ्ग कार्यालय स्थापना गरेको छ । सिङ्गटी शाखा दोलखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्षसुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले संयुक्त रुपमा समुद्घाटन गर्नुभएकको थियो सिलढुङ्गामा सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष कमल प्रसाद नेपालले समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो धारणा राख्न’ भएको थियो  ।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट र सिङ्गटी लगाएतका स्थानहरुमा शाखा खोली सकेको बैङ्कले जल्बीरेमा १५औ शाखा खोलेको हो ।