राख्यो चौताराले सिसिक्यामारा




     
सिन्धुपाल्चोक जिल्लाकोचौतारा साँगाचोकगढी नगरपालिकाले जिल्लाको स्थानीय तहमध्य पहिलो पटक सिसिक्यामारा जडान गरेको छ ।
नयाँबर्ष २०७५को अबसर पारेर चैत्र २६ गतेका दिन वाट चौतारासाँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा जडान कार्य सम्पन्न गरि संचालनमा ल्याइएको छ । यो क्यामारा जडान गरे पछी जडीत क्षेत्रको बिकाश कायृक्रमहरुको निगरानी  तथा त्यहा हुने बिकृती हरुको समेत पहिचान हुने भएको छ । यो जडानको समयमा सि.सि.टि.भि. क्यामरा को संख्या ९ वटा रहेको छ जस मध्य जिल्ला सम्मन्वय समिती  परिसर, टुडिखेल परिसर, प्रमुख जिल्ला अधिकारकिो निबास स्थान  परिसर, शहिदचोक नवलपुर चोक,  घले गाउँ जाने चोक, कुबिन्ड़े चोक, जिल्ला कारागार आदि क्षेत्रहरुमा  रहेका छन  चौतारा सँगाचोक गढी नगर पालीकाका नगर प्रमुख अमानसिंले  नगरका सबै वडाहरुमा टोल फ्रि नंमबर राख्ने र नगर सुरक्षाका लागी बिभिन्न किसिमका उपकरण समेतको प्रयोग गरेर नगरपालीकाको बिकाशमा अगाडी बढने बताइ रहँदा सिसि क्यामरा जडान गरेर यसको उदाहरण प्रस्तुत गरेको नगरपालीकाले बिकाशका काममा पनी तिब्रता दिएको छ ।  नगर सुचनाको क्षेत्रमा एक कदम अगाडी बढ्दै छ
चौतारासाँगाचोकगढीनगरपालिकाका सूचना प्रविधि अधिकृत ई. रोशन घिमिरेले बताउनुभयो। साथै निकट भबिस्यमा  सि.सि.टि.भि. को संख्या बढाउने र क्यामरा बस पार्क देखि  दुरसंचार परिसर सम्म बिस्तारगरिने  योजन रहेको समेत घिमिरेले बताउँनु भएकोछ । यसका साथै टुडिखेल परिसरमा सि.सि.टि.भि. जडान गरेपछि अव्यवस्थित तरिकाले फोहोर फाल्नेको संख्यामा कमि आउने र फोहोर फाल्ने लाइ जरिवाना समेत गराउने योजना रहेको छ, यसका साथै चौतारा बजार क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो हुदै जाने अपेक्षा समेत नगरपालिकाको रहेको  छ नगरपालिकाका वडा नं ५का वडाध्यष नरमान श्रोष्ठले  बजारमा केही समय देखिएको सडक र खाने पानीको समस्या पनी छिट्टै समधान हुने र बजार अब सरसफाइ तथा बिकाशोन्मुख तिर लम्कने बताउँदै नगरको सुरक्षाका लागी पनी यो क्यामाराले ठुलो सहयोग पुर्याउँने बताउँनु भयो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.