शुरु हने भयो चौतारमा सडक कालोपत्र काम
नेत्रबहादुर बस्नेत,

उँहाले उक्त जानकारी गराउँने त्रममा बैशाख १८ गते नगर प्रमुख अमानसिंको अध्यक्षतामा बसेको बैठकले नगरपालीका भित्रको चौतारा बजारको सडक कालोपत्र गर्नका लागी बजारका मुल सडक तर्फ रहेका सेफ्टी ट्याङ्की सम्बन्धीत घर धनीले बैशाख २४ गते भित्र सफा गरी खाली गराउँन पर्ने , सडक केन्द्र बाट ३.५मिटर सडक कालोपत्र र १.५मिटर पैदल यत्रीको लागी सडक को ब्यबस्थापन गर्ने रहेको छ । बजार क्षेत्रका उठाउँन बाँकी रहेका बिजुली पोलका ब्यबस्थापान र मापदण्डमा नपरेका पोलहरु सार्ने तथा आबश्यक ब्यबस्थापन गर्ने कार्यमा पनी २४ गते भित्र बिद्युत प्रधिकरणले गर्न पर्ने र टेलीकमले पनी २४ गते भित्र बजार क्षेत्रमा अब्यबस्थित रहेका तार र पोलहरुको ब्यबस्थापन गरिसक्नु पर्ने , खानेपानीका पाइप हरु जेष्ठ ५ गते भित्रमा ब्यबस्थापन गरिसक्ने , बजारको माथल्लिो भाग बनकार्यलयको दाँया बाँया
३००एमएमको ह्युम पाइप राख्ने र घलेगाँउ चोक बाटो बाट बन कार्यलय चोक सम्म सडकको मध्यभागमा ६००एम एम को ह्युम पाइप राख्ने निर्णय गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको थियो ।त्यसै गरि बैठकले हुँलाक परिसरको बाटो नाल अब्यबस्थित भएकोले हुलाक कार्यलयबाट नगरको मापदण्ड बिपरित रहेका पर्खालहरु भत्काउँन बारम्बार पत्रचार गर्दा समेत नभत्काएको हुँदा १९गते बाट उक्त क्षेत्रमा सडक बिस्तार गर्न शुरु गर्ने निर्णय गरेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गरोँउनु भएको थियो ।उँहाले उक्त कार्यको लागी वडा सदस्य प्रबिण घले र नगर पालीकाका प्रबिधीक रामहरी नेपाललाइ अनुगमनका लागी जिम्मेवारी दिने निर्णय भएको समेत जानकारी गराउँनु भएको थियो ।
त्यस पश्चात भेलाले उक्त निर्णयलाइ सबैले कार्यन्वयनमा सहयोग गर्ने र यसरी समय सिमा भित्र तोकिएको कार्य नगर्ने नगराँउनेका लागी नगरपालीकाबाट काम गर्दा कुनै क्षेती हुन गएमा त्यसको जिम्वोरी स्वमले लिन पर्ने समेत निर्णय भएको ५ नं वडाका वडाध्यक्ष श्रेष्ठले बताउँनु भयो ।