गोरखबहादुर गणद्वारा प्रतिक्षालय हस्तान्तरण

नेपाली सेनाको नागरिक सम्बन्ध अन्तर्गत सैनिक नागरिक सम्बन्धलाई सुमधुर बनाउने अभिप्रायले गोरखबहादुर गणले प्रतिक्षालय हस्तान्तरण गरेको छ ।



सिन्धुपाल्चोक जिल्लामा तैनाथ नेपाली सेनाको गोरख बहादुर गणलाई प्राप्त यस वर्षको २ वटा क्यूआइपी कार्यक्रमहरु मध्ये दोस्रो कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोक गढी न.पा. वडा नं. १, स्याउलेमा रहेको श्री सानो ओख्रेनी सामुदायिक बन उपभोक्ता समितिको हाताभित्र निर्माण सामाग्री लगायत सैनिक जनश्रमदान सहित ३ लाखको लागतमा प्रतिक्षालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।
गोरखबहादुर गणका गणपति प्रमुख सेनानी उमेश कार्कीबाट उक्त सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लगायत सदस्यहरु तथा स्थानिय भद्रभलादमी सहितको रोहवरमा सोही बन उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठलाई एक कार्यक्रमका बीच प्रतिक्षालय हस्तान्तरण गर्नुभएको थियो ।
नेपाली सेनाले प्रतिक्षालय निर्माण पश्चात बटुवा तथा स्थानियबासीहरुलाई घाँस दाउरा गर्न र गोठालाहरुलाई वर्षाको समयमा छहारीको रुपमा प्रयोग गर्नुका साथै विश्रामस्थलको रुपमा समेत प्रयोग गर्न सकिने आशा गरिएको छ ।

,