‘स्थायित्वको लागि योजना तर्जुमा’

कुनैपनि योजनाहरुको तर्जुमा गर्दा दीर्घकालिन स्थायित्वको लागि विषेश ध्यान पु¥याउन सक्यो भने योजनाको कार्यान्वयन गर्नको निमित्त कार्यान्वयन गर्ने पक्ष र गराउने पक्ष दुवैलाई हौसल्यता प्रदान हुने हुँदा दीर्घकालिन स्थायित्वको लागि योजना तर्जुमा गर्नको लागि सबै सचेत रहनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले बताउनुभएको छ ।
वडा नं. ८ इर्खु स्थित वडा कार्यालयको सभाहलमा आयोजित सहभागितामूलक रणनैतिक योजना  विषयक कार्यशाला गोष्ठीको प्रमुख अतिथिको आसनबाट बोल्दै पराजुलीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले आगामी दिनमा कार्ययोजनाहरु तयारी गर्न र त्यसको दीर्घकालिन स्थायित्व विकास गर्नको लागि फरेस्ट एक्सन नेपालले उक्त गोष्ठी राखेकोमा धन्यवाद समेत दिनुभयो । वडा नं. ८ स्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, वडाका जनप्रतिनिधिहरु, जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि, जिल्ला वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा भएको उक्त प्रशिक्षण कार्यक्रमका सभापति तीर्थबहादुर श्रेष्ठले यसरी आफ्नो वडामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले यस्ता किसिमका चेतनामूलक कार्यक्रमहरु गरेर स्थानीयलाई उर्जा प्रकट गर्न वल मिलेको बताउनुभयो ।
कार्यक्रममा फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारीले ग्रामीण क्षेत्रका नागरिकहरुलाई आगामी दिनमा गर्नुपर्ने कार्ययोजना कसरी निर्माण गरिन्छ भन्ने विषयलाई प्रष्ट्याउँदै योजना निर्माण तथा कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम फरेस्ट एक्सन नेपालले वडा नं. ८ स्थित वडा कार्यालयको भवनमा  सञ्चालन गरिरहेको छ ।