ऐंठन

–सन्तोष बोहरा-
तिम्रो र मेरो बाटो अलग भनि
सहमतिमा नै दोवाटीयौं ।
जीवनको घुमाउरो मोडमा
पुःन एक पल्ट भेट भयो ।
ऐंठनमा छौ जस्तो लाग्छ
तिमी साथमा जाउ कि फेरि अलग हुँ !
राम्रो सँग विचार गर यस्तो मौका आउदैन
वैंसको पनि ख्याल गर समयले पर्खदैन ।
मलाई देख्दा तर्किय जस्तो गर्छो
म पर पुग्दा फर्कियोस् जस्तो गर्दछौं ।
आफुले आफुलाई पहिला चिन
तिम्रो मनले के चाहेको हो बेलैमा जान ।
तिम्रो र मेरो बाटो अलग भनि
सहमतिमा नै दोवाटीयौं ।
जीवनको घुमाउरो मोडमा
पुःन एक पल्ट भेट भयो ।