सहकारी द्धारा स्थानीय सरकारलाइ अभिलेख हस्तानन्तरण

नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहलाइ सहकारीको अभिलेख हस्तानन्तरण गरिन लागीएको छ ।


डिभिजन सहकारी कार्यलय धुलिखेलको आयोजनामा जिल्लाको सदरमुकाम चौतारामा  भएको स्थानीय तहमा सहकारी अभिलेख हस्तानन्तरण तथा दुइ दिने अभिमुखीकरण कार्यक्रममा गाँउपालीकालाइ अभिलेख हस्तानन्तरण गरिएर कार्यक्रमको शुभारम्भ गरिएको   हो ।
जिल्ला सम्मन्वयसमितीका प्रमुख कृष्णगोपाल तामाङ्गको प्रमुख अतिथ्यतामा तथा प्रमुख जिल्ला
अधिकारी आश्मानतामङ्गको बिषेस अतिथ्यतामा भएको कार्यक्रममाजिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोट, सदस्यहरु सकुन्तला माझी लगाएत १२वटै स्थानीय सरकारको उपस्थिती रहेको थियो ।
जिल्ला सम्मन्वय समितीका प्रमुख  कृष्ण गोपाल तामाङ्गले जुगल गाँउपालीकाका उपप्रमुख श्रृजना तामाङ्गलाइ जुगल गाँउपालीका भित्र दर्ता भएर संञ्चालनमा रहेका सहकारीहरुको अभिलेख
हस्तानन्तरण गरेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो उद्धघाटनका क्रममा मन्तब्य दिँदै तामाङ्गले डा.
बाबुराम भट्टराइको नेतृत्वको सरकारले गाँउगाँउमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ स्थानीय
सहकारी प्रोत्साहन दिने काम भएको तर सरकारको चाहाना अनुसार सहकारीहरु परिचालीत हुन नसकेको
बताउँदै सहकारीताका माध्यमबाट ब्यबस्थित तरिकाले ब्यबस्थापन सञ्चालन गर्न सकेको खण्डमा सहकारीले आर्थीक तथा उत्पादनमा ठुलै बिकाश  गर्ने आर्थीक उन्नती र बिकाशको लागी अती महत्व राख्ने  हुँदा
ब्यबस्थित र कुशल सञ्चालकले सञ्चालन गरेका सहकारीको मुल्य बेग्लै हुने तर ब्यबस्थापा गर्न नसक्ने सहकारीले मानीसलाइ बिगार्ने मात्र होइन महारोग समेत निम्त्याउाने बताउँनु भयो र भन्नु भयो ।
देखासेखीमा सहकारी चलाउँनु भन्दा पनी ब्यबस्थित तरिकाले सहकारी चलाउँन पर्ने स्थानीय सरकारले ब्यबस्थित तरिकाले सहकारी  सञ्चालन का लागी चनाखो भएर लाग्न पर्ने बताउँनु भयो कार्यक्रममा बिशेष अतिथीका रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्गले सहकारहिरुले नियम संङ्गत काम गरेका छन की छैनन भनेर नियमित अनुगमन गर्ने संस्था डिभीजन सहकारी कार्य धुलीखेलले ३वटा जिल्ला हेर्न पर्ने भएकाले पनी ब्यबस्थित सञ्चालनमा पर्ण रुपले निगरानी गर्न नसक्दा  केही सहकारहिरुले बजारमा नकारात्माक सन्देश प्रबाह हुने गरि काम गरेकाले त्यस्तालाइ स्थानीय सरकामा हस्तानन्तरण भए पछी स्थानीय सरकारले ब्यबस्थित तरिकाले कानुन सम्बत संञ्चालन गर्न लागाउँन पर्ने बताउँनु भयो ।
उँहाले कानुन सम्बत ब्यबस्थित रुपमा सहकारी संञ्चालन गर्न सक्यो भने यसले भबिश्यमा आर्थीक बिकाशको लागी अति महत्वपुर्ण भुमिका निर्बाह गर्ने   र आर्थीक बिकाशमा ठुलो खम्बा को रुपमा रहने भएकोले स्थानीय सरकारले नँया सहकारकिो स्वीकृत दिँदा जथाभाबी दिन भन्दा पनी आबश्यकता र स्थाइत्वतामा पनी ध्यान दिन जरुरी रहेको बताउँनु भयो ।
अर्का बिशेष अतिथी मेलम्ची नगरपालीकाका प्रमुख डमबर अर्यालले स्थानीय सरकारलाइ यो हस्तानन्तरण कार्यक्रमले  अझ बढी बोझ थपीएको र प्रत्येक क्षेत्रका जिम्मेवारी बहन गर्नका लागी स्थानीय प्रतिनीधी तैयार भएकाले यसमा सबैले अझ बढी सहजकता अपनाएर काम गर्न पर्ने बताउँनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासघ सिन्धुपाल्चोकका उपसभापती ज्ञानेन्द्र तिमिल्सिनाले सहकारतिाका माध्ययमबाट आर्थीक बिकाश हुने र यसको बिकाशले शैक्षीक स्तरमा समेत  बृद्धी हुने गरेको र धेरै जसो गाँउमा बसोबास गर्ने कृषकहरुलाई आआप्mना बालबालीकालाइ बिद्यालयमा पढाउँनका लागी पनी सहकारीले   महत्वपुर्ण भुमिका खेलेको बताउँनु भयो ।
जिल्ला कृषी सहकारी संघका अध्यक्ष  नेत्र प्रसाद दङ्गालले बिषयगत सहकारतिाका बिकाशका लागी आबश्यक ब्यबस्था मिलाउँन पर्ने बताउँदै उत्पादनमुलक सहकारीहरु कृषी सहकारीहरुलाइ स्थानीय सरकारले प्रथमिकतामा राखेर काम गर्न पर्ने र बिशेष गरेर कृषी सहकारीलाइ प्रोत्साहन दिन पर्ने बताउँनु भयो । डिभीजन सहकारी कार्यलय धुलीखेलका निमीक्त प्रमुख देबबहादुर बस्नेतले उपस्थितीहरुलाइ स्वागत मनतब्य राख्दै कार्यक्रमका बारेमा जानकारी गराउँनु भएको थियो ।
सहकारी बिभागका उपरजिष्टार नारायण प्रसाद अर्यालले सहकारी एैनका बारेमा चर्चा गर्दै आजैका मिती देखी सिन्धुपाल्चोकका सहकारीहरुको काम  कार्य हरु स्थानीयले गर्ने बताउँनु भयो । कार्यक्रमको सभापतित्वको आशनबाट बोल्दै अर्यालले यस अघी ५६ जिललामा हस्तानन्तरण भइ सकेको र सिन्धुपाल्चोक ५७ औ  जिल्लामा परेको जानकारी गराउँनु भयो ।
डिभिजन सहकारीकार्यलयधुलीखेलका राजु कुमार अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहकारी बिभागका अधिकृत  कृष्ण प्रसाद भट्टराइ नासु दिपक कुमार पौड्याल लगाएतको उपस्थित रहेको थियो कार्यक्रम फिल्ड तालीम भबन चौतारामा भइरहेको छ।

, , , , ,