अनुगमन पछि स्वास्थ्य चौकी व्यवस्थित

कमला पाख्रीन/नागारिक समाज पारस्पारिक जवाफ देहिता परियोजना अन्तरगत सामुदायिक साराथीले गरेको अनुगमन पछि भोटेकोशी गाँउपालिका ५  चाकुमा मार्मिङ्ग स्वास्थ्य चौकी व्यवस्थित अस्थाइ टहरामा सञ्चालन भएको छ ।
सस्थाले मानब अधिकारकर्मी नातीबाबु धिताल , गैरसरकारी सस्थाका सल्लाहकार सोम सापकोटा र जिसस उपप्रमुख बालकुमारी सापकोटाको अनुगमनले स्वास्थ्य चौकीमा विरामीले सिटामोल पनि पाउन नसकेका पाइएको थियो । अनुगमनमा देखिएको समस्या समधान गर्नका लागि अनुगमन कर्ताहरुले सुझाब समेत दिनु भएको थियो ।
 ७२ को विनाशकारी भुकम्पले स्वास्थ्य चौकीको पक्की भवन भत्किएको पछि अव्यवस्थित  टहराबाट विरामीलाई सेवा दिन धेरै समस्या झेल्नु परेको थियो । पटक पटकको प्रयासपछि वडा र स्थानीय आमा समुहको पहलले स्वास्थ्य चौकी व्यवस्थित जस्ताको टहरामा सारिएको हो ।
 भवन निर्माणमा ढिलाई हुने देखिएपछि स्वास्थ्य सेवा सहज बनाउनको लागि ठुलो एक कोठामा बन्दोबस्ताका साथ सञ्चालन भएको छ ।  दैनिक जसो १० देखि १३ जना विरामीले सहज रुपमा स्वास्थ्य उपचार पाइरहेको स्वास्थ्य चौकीका इर्चाज राम अधार चौधारीले बताउनु भएको छ । व्यवस्थित टहरामा  सञ्चालन भएको स्वास्थ्य चौकीमा प्रथामिक उपचार , सुत्केरी जाँचका लागि सविक गाविस लिस्ती, घुम्थाङ्ग,फुल्पिङ्गकट्टी देखि विरामीहरु उपाचारको लागि आउने गर्दछ ।
स्थानीय अमृता श्रेष्ठ भन्नु हुन्छ  टहरा भित्रको सघुरो ठाँउमा विरामी बस्न र स्वस्थ्यकर्मीलाई पनि काम गर्न समस्या भएपछि विरामीले धेरै समय कुर्नु पर्ने ठुलो समस्या बनेको थियो अहिले ५ जना अटने ठाँउमा सञ्चालन भएपछि अहिले धेरै सहज भएको छ  ।
एउटै कोठाको बाँया पटीको भागमा विरामीको स्वास्थ्य परिक्षण ,औषधी भण्डार ,नाम दर्ता , र दाँया पट्टी स्वास्थ्य चौकी इन्र्चाज र अनमी कक्ष सञ्चाल गरिएको छ ।