गोरख बहादुर गणले मनायो वार्षिकोत्सव

गोरख बहादुर गण सिन्धुपाल्चोकले बिहीबार साँझ एक सांस्कृतिक कार्यक्रम सहित आफ्नो बार्षिक  कार्यक्रम गरेको छ ।
उपत्यका पृतनापति, उपरथी शशी चन्द्रबहादुर सिंको प्रमुख अतिथ्यता तथा गोरखबहादुर गणका कर्णेल कमाण्डाण्ट सायक रथी कृष्ण बहादुर गुरुङ्ग नं.२६ बाहिनीपति  साहक रथी श्री मिनध्वज खड्का जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल तामाङ, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ, प्रहरी उपरीक्षक महोन पोखरेल, डिएसपी बिमलराज कडेंल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुखहरु, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ लगाएत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, शैक्षिक संस्थाका प्रमुखहरु, स्थानिय संघसंस्था तथा वित्तिय कार्यालयका प्रमुखहरु र स्थानिय व्यवसायीहरु, पत्रकार लगायतका भद्रभलादमी एवम् समाजसेवी हरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम  भएको थियो ।

गोरख बहादुर गणले सिन्धुपाल्चोकमा गरेका काम तथा यसका बारेमा चर्चा गर्दै सहभागीहरुले गणलाई बिषेस धन्यवाद समेत दिएका थिए  । विषेस गरेर २०७२ को भूकम्प को पीडामा परेका जिल्लावासीलाई सेनाले पु¥याएको सहयोग विशेष रहेको सहभागीहरुले बताएका थिए । सहभागीलाई गोरख बहादुर गणका गणपती उमेश कार्कीले स्वागत गर्नु भएको थियो । उँहाले स्वागत गर्दै गोरखबहादुर गणका बारेमा  जानकारी समेत गराउनु भएको थियो ।
उँहाले विक्रम सम्बत् २००७ सालमा तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहको गाथगद्धी एंव तत्कालिन राजदरबार सूरक्षार्थ २४ पल्टनहरु मध्येबाट अति योग्य जवानहरुको छनौट गरी २००७ साल फाल्गुण ३ गते यस पल्टन “श्री गोरख बहादुर गण” को निर्माण गरिएको थियो । यस पल्टनलाई २००९ साल बैशाख १ गते तत्कालिन राष्ट्रपिता त्रिभूवन वीर विक्रम शाहबाट निशान झण्डा प्रदान भएकोले सोही दिनलाई नै यस गणले आफ्नो बार्षिकोत्सवको रुपमा मनाउँदै आईरहेको व्यहोरा अवगत गराउनुभयो  ।
“जय गोरख” आर्दश वाक्य रहेको यस गण २००९ सालदेखी २०२९ सालसम्म निरन्तर तत्कालीन राजदरवार सूरक्षार्थ रही २०२९ सालमै केही समय नुवाकोट जिल्लाको त्रिशूली स्थित मैथली क्याम्प, २०३० सालमा पुनः राजदरबार, २०३३ सालदेखि पोखरा, २०३८ सालदेखि राजदरबार, २०४२ सालदेखि मकवानपूरको सूपारेटार, २०६४ सालदेखि राजदरबार, २०५० सालदेखि इटहरी, २०५४ सालदेखि राजदरबार, २०५८ सालदेखि नेपालगञ्ज तथा रोल्पा, २०५९ सालदेखि पोखरा, २०६२ सालदेखि नारायणहिटी, २०६५ सालदेखि चितवनको कसरा, २०६८ सालदेखि भोजपूर, २०७२ साल आषाढ २४ गते देखि सिन्धुपाल्चोक जिल्लामा तैनाथ रही सूरक्षा प्रदान गर्दै आईरहेकोमा पूनः २०७५ साल जेष्ठ महिनाको मध्यतिर काठमाडौं स्थित नारायणहिटी दरबार ईलाकामा तैनाथ रही आफ्नो जिम्मेवारी बहन गर्ने प्रक्रियामा रहेको अवगत गराउदछु  भन्नु हँुदै गणले तत्कालिन राजदरबारको बाह्य सूरक्षा, द्धन्दकालिन अवस्थामा परिचालन तथा संक्रमणकालिन अवस्थाको प्रकृति संरक्षण जस्ता चुनौतिपूर्ण कार्यमा खट्टि आफूलाई प्राप्त जिम्मेवारीहरु सफलताका साथ सम्पन्न गर्दै वि.सं.२०५० सालमा आर्मी तहमा संचालन भएको किंग्स ब्यानर प्रतियोगिता, सामूहिक तालिम र नाच प्रतियोगितामा प्रथम तथा चितवन स्थित कसरा व्यारेकमा तैनाथ रहंदा २०६६ सालको प्रकृति संरक्षण ट्रफीमा प्रथम स्थान हासिल गरी ईतिहासका पानाहरुमा सूनौलो अक्षर लेख्न सफल भएको छ ।
२०५० साल मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा भोजपूर जिल्लामा सफलता पूर्वक सम्पन्न गराउन यस गणले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउनुभएको थियो । २०७० सालको अन्तर गण केन्द्रिय स्तरको पेशागत प्रतियोगितामा यस गणले तृतिय स्थान हासिल गर्न सफल भएको थियो । २०७२ सालको महा भूकम्पमा भोजपूर जिल्लाका साथै सिन्धूपाल्चोक जिल्लामा समेत खट्टिएर सक्रिय रुपमा परिचालित भई खोज, उद्धार तथा राहत वितरण कार्यमा अहोरात्र खट्टिएकोे थियो । २०७२÷०७३ को पृतनास्तरको पेशागत प्रतियोगितामा प्रथम स्थान हासिल गरी केन्द्रियस्तरको पेशागत प्रतियोगितामा सहभागी भएको थियो । साथै यस गणले सिन्धूपाल्चोक जिल्लामा २०७४ साल बैशाख ३१ गते सम्पन्न भएको स्थानिय तह निर्वाचन तथा २०७४ साल मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी राज्यबाट प्राप्त जिम्मेवारीलाई बहन गरेको  बताउनु भएको थियो ।
बार्षिकोत्सव तथा बिदाई एंव आभार व्यक्त कार्यक्रमबाट यस सिन्धूपाल्चोक जिल्लाका सम्र्पूण जिल्लाबासी, जनसमूदाय, निर्वाचित जनप्रतिनिधिहरु, सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी एंव गैर सरकारी संघ संस्था तथा वितिय संघसंस्था लगायत उद्योग व्यापार व्यवसायिक संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरु र समग्र पत्रकारहरुलाई गोरख बहादुर गण यस जिल्लामा रही सहकार्य गर्दा पु¥याउनु भएको सहयोग र सद्भावको लागि गण परिवार एंव गणपतिको हैसियतले हार्दिक कृतज्ञता प्रकट गर्दै आभार व्यक्त गर्नुभयो ।
साथै अब यस जिल्लामा तैनाथ रही सहकार्य गर्ने श्री गोरखबक्स गणलाई पनि उत्तिकै माया, सद्भाव एंव सहयोग पु¥याउनु हुनेछ भनी अपेक्षा व्यक्त गर्दछु भन्नु हुदै श्री गोरख बहादूर गणको ६८ औ बार्षिकोत्सवको यस “रात्री भोज तथा सांस्कृतिक प्रस्तूति गोरख सांझ” भव्यताका साथ सम्पन्न हूने आशा गर्दै आफ्नो अति व्यस्त समयका बाबजूत हाम्रो निमन्त्रणालाई सहज रुपमा स्विकार गरी पाल्नू हूने सम्पूर्ण अतिथि महानूभावहरुलाई पूनः हार्दिक स्वागत गर्दै आभार प्रकट गर्नु भएको थियो  कार्यक्रममा राष्ट्रिय कलकारहरुद्धारा सँँस्कृत तथा दोहारी गितहरु प्रस्तुत गरिएको थियो भने सेनाले आफनो प्रस्तुती देखाएको थियो जिल्लामा रहेको गोरखबहादुर गण अब काठमाडौं जाने भएको छ भने जिल्लामा  प्युठानको गोरख बक्स गण आउँने भएको छ  ।

, , ,