स्थानीयको सहयोगका लागी नगरपालीका सँधै तैयार नगर प्रमुख अमानसिंतामाङ्ग

सबिना खड्का ।
कुनै पनी बिकाशका कार्यक्रमहरु दिगो रस्थाइत्व हुनका लागी  स्थानीयको सहभागीता भयो भने त्यसले स्थानीय बिकाशका स्थाइत्व र दिर्घकालनि फाइदा पुग्ने चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिं तामाङ्गले बताउँनु भएको छ ।


उँहाले नगरपालीकाको १४ नं वडाको आयोजनामा भएको बिकाश निर्माणका कामहरुको स्थलगत अनुगमन गर्न डडुवा आइ पुग्नु भए पछी  यँहा का स्थानीयहरुसँग कुरा गर्दै यस्तो बताउँनु भएको हो ।  १४ वडा स्थित  खर्कको डाँडा नजिक रहेका डाँडा भसाएर खानेपानीको स्थाइ रुपले समस्या समधान गर्न लागेको स्थानमा गइ उँहाले त्याहा भइरहेको कामको अबलोकन समेत गर्नु भएको छ ।
अबलोकन  गर्ने क्रममा स्थानीय वडा कार्यलय र स्थानीय नागरिकले  खाने पानी समस्या समधान प्रती देखाएको चासो र त्यसका लागी गरिएको प्रयास अनी ठुलो डाँडा भसाएर गहिरो बनाइ खाने पानी संञ्चालन गर्नका लागी स्थानीयबाट गरिएको सहयोग प्रती धन्यबाद दिदै स्थानीयको सहभागीतामा हुने बिकाश निर्माणका कामहरु स्थाइत्व हुने हँदा  यस्ता कामहरुका लागी नगरपालीकाबाट हुने र गर्न सक्ने सबैखाले सहयोग गर्ने बताउँनु भयो । उँहाले बिकाश निर्माणका कामहरु गर्दा यसरी नै प्रत्यक्ष देखीने  र आर्थीकमा पारदर्शीता गर्ने हरुलाइ नगरपालीकाले आगामी दिनहरुमा पहिलो प्राथमिकतामा राखेर  नगरपालीकाबाट सहयोग गर्ने समेत बताउँनु भयो । अनुगमन का क्रममा१४ नं का वडा अध्यक्ष शेरबहादुर श्रोष्ठले सम्बन्धीत बिषमा बिनीयोजन भएका बजेटलाइ सम्बन्धीत शिर्षकमानै खर्च गर्न पर्ने र प्राय खर्च भइ सकेको अबस्थामा डाँडो भसाउँने काम गर्दा आर्थीकमा समस्या देखीएको बताउँदै यसरी गरिएको कार्यले खानेपानीको समस्या सदाकालागी समधान हुने बताउँनु भयो ।
उँहाले आफ्नो वडालाइ नगरपालीकाको कृषी पकेट वडा घोषणा गर्ने योजना रहेको ले त्यो योजनकालागी पनी सफलताको बिन्दुमा पुर्याउँन यो खानेपानी योजनाले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउँनु भयो । १४ नं वडाका वडा सदस्य भेषबहादुर नेपालले बिगतका धेरै बर्ष देखीको खानेपानी समस्या केही हद सम्म समधान भएको भएता पनी भुकम्प पछाडी स्थानीय मुलहरु सुकेर पानीको समस्या परेको र यो योजना पुरा भए पछी त्यो समस्या समधान हुने बताउँनु भयो । करिब चार  किलोमिटरको दुरीबाट ल्याइएको पानीलाइ सबैको लागी सुबिधा पुर्याउँनका लागी  ९९ मिटर लम्बाइ र २५मिटर गहिराइगरेर डाँडा काटान गर्ने कार्य भएको हो । त्यसबाट खाने पानी सुचारु हुँदा करिब ३००घर धुरीले सेवा पाउँने  सदस्य नेपालले बताउँनु भयो  ।
स्थानीयको सहयोगका लागी नगरपालीका सँधै तैयार रहेको नगर प्रमुख अमानसिंतामाङ्गको भनाइ

, , ,