अझै रोकिएन महिला हिंसा, तीन महिनामा ३२ पीडित

महिला हिंसाको वर्तमान अवस्थालाई मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको महिला पुनस्थपना केन्द्र  ओरेकले  यो महिनामा पनि अभिलेख सार्वजनिक गरेको छ ।
उसले सार्वजनिक गरेको अभिलेख अनुसार तीन महिनामा मात्र वत्तिस महिला माथी हिंसा भएको जनाएको छ । विषेस गरी दाइजो हानिकारक परम्परागत अभ्यासको नाममा गरिने एकप्रकारको सामाजिक हिंसा हो जुन अहिलेसम्म पनि हाम्रो समाजमा संस्कृतिको रुपमा महिला माथि गरिने हिंसाको महत्वपूर्ण स्थापितकारणको रुपमा विद्यमान रहेको छ ।
जसको कारण महिलाहरु विभिन्न स्वरुपमा हिंसाहरु खप्न  वाध्य छन् । केहीदिन अघि मात्रै दाइजोको विवादका कारण पर्सामा २१ वर्षीय महिलाको ज्यान गएको घटना सार्वजनिक भएको छ, चैत महिनामा पनि दाइजोकै कारण १८ वर्षिय युवतीको जीउमा आगो लगाई श्रीमान र सासु ससुराले हत्याप्रयास भएको थियो, रुपन्देहीमा पनि सोही विषयको निहुँमा ससुराले बुहारीको हत्या गरे ।
त्यस्तै चैत्र महिनामा नै दाइजो नल्याएको भन्दै ३ महिनाकी गर्भवतीलाई श्रीमान र सासुले कुटपीट गरी घरनिकाला गरे, दाइजो मागेकै कारण विवाह हुने केहीदिन अघि विरगञ्ज महानगरपालिकाकी १८ वर्षिय युवतीले बैशाख ६ गते आत्महत्या गरिन् । यी र यस्ता घटनाहरु दाइजको कारणले महिलामाथि भएका हिंसाका प्रतिनिधिमूलक घटनाहरु मात्र हुन्  ।
यसरी विभिन्न स्वरुपमा महिला माथि भएका हिंसालाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रत्येक महिना आफ्ना कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका घटनाहरुलाई अभिलेखिकरण गरी महिला हिंसाको वर्तमान अवस्थालाई मासिकरुपमा सार्वजनिक गर्दै आइरहेको छ ।
संस्थामा पछिल्ला ३ महिना (फागुन देखि बैशाखसम्म)मा संकलन गरीएका जम्मा ५१० वटा महिला हिंसाका घटनाहरु मध्ये ३२ जना महिला माथि दाइजोको कारणले विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।
अभिलेखीकरण भएका जम्मा ३२ वटा दाइजोका कारण भएका महिला हिंसा घटनाहरु मध्ये १२ जना महिला माथि कुटपीट, ७ जना घरनिकाला, ७ जनालाई खान लाउन नदिने, विवाह दर्ता, जन्म दर्ता तथा नागरिकता जस्ता स्रोत सुविधाबाट बञ्चती करण, ४ जना माथि मानसिक हिंसा, १ जनाको हत्याप्रयास र १ जनाले दाइजोको कारणले नै आत्महत्या गरेका घटनाहरु संकलनभएका छन् ।
यसरी नै बैशाख महिनामा मात्रै ओरेकमा जम्मा १६७ जना महिला माथि भएका हिंसाका घटना अभिलेखीकरण गरिएको छ । जसमध्ये ५२ वटा घटना विभिन्न दैनिक राष्ट्रिय पत्रपत्रिकाबाट संकलन गरिएको छ ।
यसरी संकलित घटनाहरुमध्ये सबैभन्दा धेरै ४२ प्रतिशत महिलाहरु माथिघरेलु हिंसा, १९ प्रतिशत सामाजिक हिंसा, २७प्रतिशत यौन हिंसा, ४–४ प्रतिशतहत्या र हत्याप्रयास, २ प्रतिशत आत्महत्या र १–१ प्रतिशत बेचविखन तथा बेचविखनको प्रयासका घटनाहरु अभिलेखीकरण गरिएको छ । हिंसा प्रभावित महिलाहरुमध्ये सबै भन्दाबढी ४१ प्रतिशत श्रीमानबाट, छिमेकीबाट १६ प्रतिशत र ९ प्रतिशत महिलाहरु छिमेकीबाट हिंसा खप्नबाध्य छन् ।
यसरी जुनसुकै स्वरुपमा महिला माथि हुने हिंसाको कारणले महिलाले स्वतन्त्र, सुरक्षित र हिंसा रहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । दाइजो लिनेदिने प्रचलनलाई कानुनले सजाय हुने भनी स्पष्ट तोकेको भएपनि व्यवहारमा भने दाइजोको लेनदेन अझै बढ्दै गएको छ । नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकहरुमा समान हुनुपर्ने परिकल्पना गरेको छ ।
यसरी लैंगिक समानताको बाटोमा हिडेको समाजमा विवाहको समयमाभने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु आफैमा विरोधाभाष हो । तसर्थ कानुनका पन्नाहरुमा सीमित नभई व्यवहारमै दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यकता हो ।
यसका लागि पितृसत्तात्मक सोँचमै परिवर्तन ल्याउन जरुरी छ, जसकालागि समाजका हरेक निकायले सहयोगी भूमिका निर्वाह गर्नु अपरिहार्य देखिन्छ । यसका साथै युगौँदेखि जरो गाडेर सामाजिक कुप्रथाको रुपमा अभ्यासमा रहेको दाइजो प्रथा अन्त्यका लागि प्रभावकारी कानून बनाइनुका साथै त्यसको कडाइका साथ कार्यान्वयन र अनुगमनगर्नु पनि सरकारको त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । ओरेकले प्रकाशन गरेको अभिलेखमा जनाइएको छ ।