खानेपानीको समस्याहल गर्दै डडुवा


लोकप्रिय समचार,,सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालीका वडा नं१४ स्थित डडुवा गाँउमा लामो समय देखी हुँदै आएको खानेपानीको समस्या स्थाइ रुपले समधान गर्न वडा कार्यलय लागी परेको छ ।

वडा नं १४ डडुवालाइ कृषी पकेट क्षेत्र घोषणा गर्ने योजनाका लागी  पुर्बाधार तैयार गर्न पनी पहिलो काम प्रत्यक नागरिकलाइ खानेपानीको पुर्ण ब्यबस्थापन  गर्न लागीएको वडा सदस्य भेष  बहादुर नेपालले बताउँनु भएको छ ।  वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले आफ्नो वडामा मकैको उत्पादन, तरकारी तथा खाध्यन्नको उत्पादन गरेर गाँउका किसानहरुले  शहर बजारमा समेत  निकाशी
गर्ने गरेका  बताउँनु भयो । अझ भन्ने हो भने तरकारी  र दुधको त मुल श्रोतकै रुपमा शहरका बासिन्दाहरुले
डडुवालाइ लिएका छन । डडुवाको तरकारी ट्र्पिका ट्र्पि बनेपा र काठमाण्डौको कालीमाटी, बागबजारको टुकुचामा जाने गरेको छ । त्यस कारण पनी डडुवालाइ कृषी पकेट क्षेत्र घोषाणा गर्न योग्य रहेको कारण कृषी पकेट क्षेत्र घोषणा गर्न लागीएको बताउँदै अध्यक्ष श्रेष्ठले गाँउका सबै किसानहरुलाइ आआप्mनो जग्गामा बाली लगाएर बाझो नराख्न समेत अनुरोध गर्नु भएको छ ।

त्यसका लागी सिँचाइको पुर्बधार पुरा गर्नका लागी  पहिले पिउँने पानीको ब्यबस्था गरेर सिचाइको ब्यबस्था गर्न पर्ने भएकाले खानेपनीको स्थाइ समस्या समधान गर्नका लागी  डडुवाको पुरानो खानेपानी पाञ्चे मुहानबाट आउँने पानी नियमित आबश्यकता पुरा गर्नका लागी डाँडा काटेर समेत  पानीको ब्यबस्था गरिएको छ २५मिटर गहिराइ गरेर डाडाँ काटे पछी साबीकको भन्दा डबल पानीको आपुर्ती भएको अध्यक्ष श्रेष्ठले बताउँनु भयो । उता असिनेमा पनी आगमी बर्ष भित्र सबैलाइ खाने पानीको आबश्यकता पुरा गर्नका लागी तिब्रताका साथ काम भइ रहेको छ ।
सिस्नेरी रङ्गरङ्गे असिने खानेपानी  उपभोक्ता समितीका अध्यक्ष आइमान तामाङ्गले वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ आफै योजना सम्पन्न गराउँन लागी पर्नु भएको बताउँदै यो पानीको योजना सम्पन्न भए पछी यस क्षेत्रका २००घर धुरीले खानेपानीको स्थाइरुपले समस्या समधान हुने  बताउँनु भयो । बिकाशका कामममा तिब्रता पाइरहेको वडा नं १४मा सामुदाय स्वास्थ्य इकाइको भबन को स्तर उन्नती गर्न थालिएको छ भने सडक ,बिद्यालयको शिक्षाको बिकाश सामुदायीक भबन निर्माण खेल मैदान समेत निर्माण गरेर उक्त वडाको तिब्र रुपले बिकाश भइ रहेको स्थानीयहरुले बताएका छन । 

, , , , ,