जिल्ला न्यायीक सम्मन्वय समिती गठन समितीको संयोजकमा भगवती नेपाल

सबिना खड्का ।  सिन्धुपाल्चोक जिल्लाका न्यायीक समितीका पदाधिकारी हरुले जिल्ला न्यायीक सम्मन्वय समितीको गठन गरेका छन ।

गठीत  ५सदस्य समितीमा संयोजक  भगवती नेपाल हुनुहुन्छ भने सदस्यहरुमा लक्ष्मी पौडेल  जानुकका पराजुली सीर्जना तामाङ्ग र भगवती नेपाल रहनु भएको  समितीका सदस्य सीर्जना तामागंले जानकारी दिनु भयो  ।
यसै बिच स्थानीय तह शासन व्यवस्थामा एवम् आम नागरिकलाई न्यायको पहुँचको लागि स्थानीय तह न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी  तीन दिने तालिम  भएको छ  ।  सिन्धुपाल्चोकको चौतारा स्थित फिल्ड ट्रेनिङ हलमा भएको  तालीमले स्थानीय तहमा रहेका न्याय समितीका पदाधिकारीहरुलाइ ठुलो फाइदा पुगेको सहभागीहरुले बताएका छन  ।
जिल्ला सम्मन्वय समितीका सदस्य सकुन्तला माझीले सरकारले  सिन्धुपाल्चोकका स्थानीय तहका न्यायीक समितीहरुलाइ यसरी प्रशिक्षण दिएर न्यायीक सेवामा सहजता दिलाएको बताउँनु भयो ।सहभागी मध्य सुनकोशी गाँउपालीकाका उप प्रमुख लक्ष्मी पौडेलले  स्थानीय तहलाइ अधिकार सम्पन्न बनाउँने भनेर सरकारले गाँउमा अधिकार दिए पनी स्थानीय तहले निर्माण गरेको केही कानुनलाइ रोकावट गरिरहेको अबस्थामा दिइएको यो प्रशिक्षणले स्थानीय तहमा कानुन निर्माण गर्न सहजता भएको यो स्थानीय तहलाइ कार्यभार लिदाका समयमानै गर्न पर्ने तर अहिले गरिएको भए पनी  यसले ठुलो सहयोग पुगेको बताउँनु भयो । चौतारा साँगाचोक गढी नगरपालीकाका उप प्रमुख जानुका पराजुलीले स्थानीय सरकार आएको एक बर्ष बिती सकेको अबस्थामा सरकारले   सर्बसाधरणमा कानुनको पहुच पुर्रयाउँनका लागी गरिएको यो प्रशिक्षणले  धेरै सहज भएको बताउँनु भयो उँहाले यो आबश्यकता थियो सरकारले आबश्यकतालाइ मध्यनजर राखेर  यो प्रशिक्षण दिएको  बताउँनु भयो ।
त्यस्तै इन्द्रावती गाँउ पालीकाको उप प्रमुख मिरा लामाले यो प्रशिक्षण हामी न्याय समितीका पदाधिकारीलाइ दिदा हरेका कुरामा सहजता भए पनी सबै नागरिकलाइ यसको पहुँच पुर्याउँन पर्ने बताउँनु भयो । बाह्र्र्रबिसे नगरपालीकाका उप प्रमुख सुशिला पाख्रीनले  यो अती आबश्यकता हो । हामीले न्यायीक को बिषयमा धेरै पाठ सिक्ने मौका पायौ तर  स्थानीय न्यायीक समितीलाइ आबश्यक पर्ने कर्मचारीको पनी छिट्टै ब्यबस्था गरिदिए  सहजता हुने बताउँनु भयो । त्यसै गरि  मेलम्ची नगरपालीकाको उपप्रमुख भगबती नेपालले यो आबश्यकता हो तर समय छोटो भयो आफनो तर्फबाट पनी सबै कुरा राखेर  दोहोरो अन्तर क्रिया गर्न पाएको भए  अझ प्रभाबकारी हुने थियो भन्नु भयो । जुगल गाँउपालीकाको उप प्रमुख सीर्जना तामाङ्गले यसको प्रभाबकारीताका बारेमा आफुलाइ राम्रो लागेको र गाँउ गाँउमा पनी यस्ता प्रकारका प्रशिक्षण कार्य क्रम गर्न पर्ने र न्यायीक समितीको लागी प्रयोगात्मक पनी थियो जिल्ला अदालतमा प्रत्यक्ष अबलोकन गर्दा झनै प्रभाबकारी भएको छ भन्नु भयो  ।
पाँचपोखरी थाम्पालधाप गाउँपालीकाका उप प्रमुख सुनिता अधिकारीले यो प्रशिक्षण अती राम्रो भएको र यसले गर्दा धेरै कुरा सिक्न पाएको बताउँनु भयो ।  त्रिपुरा सुन्दरी गाँउ पालीकाको दुर्गा देबी नेपालले यो प्रशिक्षण स्वागत योग्य भएको बताउँनु भयो । यसैगरी हेलम्बु गाँउपालिकाका उपप्रमुख कोपिला पण्डितले आफूहरुलाई यो अति आवश्यकतामा रहेका कारण गाउँको व्यस्ततालाई छोडेर प्रशिक्षणमा बसेको बताउदै यो अती उपयोगी भएको बताउनुभयो ।भोटेकोशी गाउँपालीकाको उप प्रमुख दाबुटी शेर्पालेयस्तो कार्यक्रमको आबश्यकता रहेको बताउँनु भयो। सुनकोशी गाँउपालीकाक न्यायीक समितीका सदस्य  कान्छी लामाले आफुले आफ्रनो गाँउ पालीकामा मेल मिलाप केन्द्र समेत सञ्चालन गरेर अगाडी बढीरहेको अबस्थामा भएको यो प्रशिक्षण प्रभाबकारिता भएको बताउँनु भयो  जिल्ला अदालतका श्रेस्तादार लेखनाथ पौडेलले अदालतको इजलासका बारेमा स्थलगत अध्यापन गराउँनु भएको थियो अदालतका सबै कार्यकक्षहरुमा अबलोकन गराउँदै  स्थानीय तहबाट गर्न पर्ने ब्यबस्थापन त्यहाँको कार्यलयको ढाँचा र आबश्यक ब्यबस्थापनका बारेमा  सहभागीहरुलाइ जानकार िगराउँनु भएको थियो ।
यस अघी   जिल्लामा रहेका बाह्र्वटै तहका उपप्रमुख लगाएत न्यायीक समितीका पदाधिकारहिरुलाइ प्रशिक्षण दिदैं  श्रेस्तादार पौडेलले न्यायीक क्षेत्रमा रहेका सदस्यहरुले सबै  तहका नागरिकलाइ  आफुले सिकेका कुराहरु ब्यबहारमा लागु गर्नकालागी  कसरी सकिन्छ भन्ने बिषयमा छलफल गरेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय तह शासन व्यवस्थामा सुदृढ एवम् आम सर्वसाधारणमा न्यायको कसरी पहुँच पु¥याउने भन्ने विषयमा केन्द्रीत रहेर प्रशिक्षण  कार्यक्रम भएको हो  । प्रशिक्षकमा मंन्त्रालयका सहसचिब फणिन्द्र गौतम  र जिल्ला न्यायधिस माननीय दिपक खनाल रहनु भएको थियो । कार्यक्रम ६ गते  समापन हुने जिल्ला सम्मन्वय समितीका निमीक्त प्रमुख युग बहादुर खड्काले बताउँनु भयो । 

, , , ,