अन्नबाली छोडेर चियाखेती यस्तालाइ सहयोग गर्ने टासीलामाको भनाइ


 देबराज सुबेदी बाँदर, बँदेललगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन नसकेपछि पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कका बासिन्दाले चियाखेती सुरु गरेका छन् । अन्नबाली जसरी चियाखेती वन्यजन्तुले नाश नगर्ने देखिएकाले स्थानीय चियाखेतीमा हौसिएका हुन् ।. एक हजार आठ सय मिटर उचाइको रहेको उक्त गाउँको ३७ परिवारका एक सय ६० रोपनी जमिनमा चियाखेती सुरु गरिएको पुर्वगाविस अध्यक्षसमेत रहनु भएका स्थानीय अगुवा रेक्पा तामाङले बताउँनु भयो ।
छिमेकीले कतैबाट ल्याएर चार वर्षअघि रोपेको एक बोट चिया फस्टाएको देखेर खेती सम्भव रहेको ठानी बिरुवा लगाएको रेक्पा बताउँनु हुन्छ। चियाखेतीको सम्भावना देखेपछि यो खेती सुरु  गर्ने स्थानीयको सोचलाई केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले बिरुवा उपलब्ध गराएर साथ दिएको रेक्पाले बताउँनुभयो ।. बिरुवासँगै प्राविधिक सहयोग र सिँचाइको व्यवस्थासमेत संस्थाले गरिदिएपछि आफुहरूले चियाखेती सुरु गरेको तीन रोपनी जमिनमा एक हजार तीन सय ५० बिरुवा लगाएकी सीता श्रेष्ठले बताउानुभयो। अन्नबाली भित्र्याउन नपाएका बेला चियाको अवधारणा आएपछि आफु हौसिएको उनको भनाइ छ. यस वर्ष थप १२ रोपनी जमिनमा चियाको बिरुवा लगाउने उहाँले तयारी गरिरहनु भएको छ ।
सुरुमा मलखाद र सिँचाइ व्यवस्थापनमा केही ढिलाइ हँुदा बिरुवामा समस्या आए पनि अहिले सामान्य अवस्थामा फर्किसकेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले खटाएकी कृषि प्राविधिक आशा चौधरीले बताउँनुभयो। बाँझो जमिनमा दीर्घकालीन र व्यावसायिक खेती होस् भन्ने उद्देश्यले चियाखेतीमा सहयोग गरेको सेवा केन्द्रका कार्यक्रम संयोजक कुमार थापाले बताउानुभयो।
वडाध्यक्ष सुर्यमान दोङले क्रमशः खेतीको विस्तार गरेर बाँसखर्कलाई चियाको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको बताउँनु भयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले चियाखेती विस्तारमा स्थानीय तहले पनि सहयोग गर्ने वचन दिनु भएको  छ। उँहाले स्थानीय स्तरमा रोजगारीका अबशर पनी हुने बाँझोरहेको जमीनको पनी सदुपयोग हुने हुँदा यस्ता खेतीलाइ प्रोत्साहन दिने बताउँनु भएको छ।


, ,