गुनासो फर्छैटको पर्खाइमा वित्यो २ वर्ष


भुकम्प पिडित नागरिकको लाभग्राहि नामावली नाम समावेश नभएकाहरुले दर्ता गराएको गुनासो २ वर्ष वित्नै लाग्दा समेत अझै पनि सम्बोधन हुन सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा संचालित भुकम्पछिको पुनर्निमाण तथा पुर्नस्थापनामा सदाचार कार्यक्रममा अन्र्तगत गत जेठ १३ गते सुनकोशी गाउँपालिका ३ कालिकामा भुकम्पपिडित नागरिकले पुननिमार्णका क्रममा भोग्नु परेका समस्या र समाधानका प्रकृया, तथा सार्वजनिक सेवा सम्बन्धमा नागरिकका समस्या गुनासा संकलन गर्न सहायता कक्ष र गुनासो संकलन केन्द्र संञ्चालन गरिएको थियो  । उक्त गुनासो केन्द्रमा आउने अधिकांशले भकम्पपिडित लाभग्रहिमा नाम समाबेश नभएकोले दर्ता गरेको गुनासोको सम्बोधन नभएकोले घर बनाउन आँट गर्न नसकेको दुखेसो पोखे । गुनासो दर्ता गरेको २ वर्ष पुग्नै लाग्दा यसको अझै नतिजा नआउनाले यस्तो अन्यौलता बढेको वडाध्यक्ष रामहरी खड्का बताउनुहुन्छ ।  उपस्थित अधिकांश नागरिकहरु आफ्नो नाम नामावलीमा छुटेको भनि गुनासो गर्न आउनु भएका थिए घर सर्वेक्षण नै छुटेको गुनासोकर्ताहरु उक्त केन्द्रमा धेरै आउनुभएको थियो ।  जिल्लाको केहि ठाउँमा पुर्न सर्वेक्षण गरेपनि त्यसको नतिजा पुर्णरुपमा आउन सकेको छैन । बाह्रविसे नगरपालिकाकोे पुर्नसर्वेक्षण नतिजा आएको भनिए पनि अन्यको बारे केहि हुन सकेको छैन  भने बाँकि पुर्नसर्वेक्षण गर्नु पर्नेहरुका लागि कुनै योजना बन्न सकेको छैन ।  गुनासो दर्ता गरेको २ वर्ष वित्नै लाग्दा पनि पहिलोे चरणमा नै दर्ता गरेको गुनासोको सुनुवाई नभएकोको भुकम्पपिडितमा आवेग चुलिँदो छ । नागरिकहरु गुनासोको फर्छैट भएपछि राज्यले राहत दिन्छ र छानामुनि बसौला भन्ने आशामा नागरिकले ३ वटा वर्षायाम कटाएका छन् । तत्काल गुनासो व्यवस्थापना गर्न स्थानिय वडाध्यक्षको संयोजकत्वमा इन्जिनियर र वडा सचिव सहितको कार्य गर्न कार्यविधि ल्याएपनि अझै पनि यो संयन्त्रले काम गर्न भने सकेको छैन । यस्ता गुनासोलाई छिटो सम्बोधन गराउन संस्थागत पहल गर्ने जिल्ला अधिकृत उमेश विश्वकर्मा बताउनु हुन्छ ।

,