गणतन्त्र दिवसमा कविता प्रतियोगिता

गणतन्त्र दिवसमा कविता प्रतियोगिता

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा गणतन्त्र दिवस भव्यताको साथ सम्पन्न भएको छ ।
लोकप्रिय सञ्चार समूहको व्यवस्थापनमा जिल्ला लघुउद्यमी संघको सहआयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको  आयोजनामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडा कार्यालयको सभाहलमा कविता वाचन प्रतियोगिता  भएको थियो ।
कविता वाचनमा वडाका वडा अध्यक्षहरु जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । ‘गणतन्त्र, आर्थिक क्रान्तीमा उद्योग’ विषयमा आयोजित कविता वाचन कार्यक्रममा  विभिन्न क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए ।
गणतन्त्र दिवसको  उपलक्ष्यमा सिन्धुपाल्चोक चौतारामा भएको  कविता प्रतियोगितामा सहभागीहरुलाई उपप्रमुख जानुका पराजुलीले स्वागत गर्नुभएको थियो भने राजनीतिक दलहरुको तर्फबाट नेकपाका नेता सोम सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सुरेन्द्र सिग्देलले प्रथम, बेली दुलालले द्वितीय, शोभा घोरासैनीले तृतीय र स्मृती दङ्गालले सान्त्वान पुरस्कार पाउनुभएको थियो ।
नगर प्रमुख अमानसिं तामाङको सभापतित्वमा भएको प्रतियोगितामा मुल्याङ्कनमा भने कोष तथा लेखा नियन्त्रण कार्यलयका कार्यलय प्रमुख तथा साहित्यकार   लक्ष्मीप्रसाद निरौला र साहित्यकारहरु जीवन श्रेष्ठ र दिपक कार्की रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगाएत अतिथिहरुले प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमशः पाँच हजार, तीन हजार, पन्ध्र सय र सान्त्वनालाई पाँच सय नगद पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत  इन्द्रप्रसाद बस्यालले  प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिससका प्रमुख कृष्णगोपाल तामाङले नेपालमा गणतन्त्र स्थपना भएपछि नागरिकले देशको नेतृत्व गर्न पाएको र सबै नागरिकले आप्mनो पहिचानमा अगाडी बढ्दै विकासका कार्यमा समेत परिवर्तन भएको बताउनुभयो ।
नगर प्रमुख अमानसिं तामाङले गणतन्त्रको स्थपनासँगै स्थानीय  हरेक नागरिकमा परिवर्तनको महशुस गर्न थालिएको बताउनुभयो ।
राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेकपाका सोम सापकोटाले गणतन्त्र स्थापना भएको १० वर्षमा देखिने काम भनेको संघीय संरचना अनुसार निर्वाचन भइ कार्यक्रम भइरहेको बताउनुभयो ।
देशमा गणतन्त्र स्थपना भएपछि जिल्लाबाट नियमित रुपमा प्रकाशित भएको एउटै मात्र दैनिक पत्रिका लोकप्रिय समाचार दैनिकले प्रत्यक वर्ष विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइरहेकोमा त्यसलाई निरन्तरता  दिइरहेको लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी निर्देशक नेत्रबहादुर बस्नेतले बताउनु भयो ।
उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बचनवद्धता व्यक्त गर्नुभयो ।
मिलन लामाले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्लाका साहित्यकार, साहित्यप्रेमीहरुलगाएत जनप्रतिनिधी तथा सर्बसाधरणको वाक्लो उपस्थिति रहेको थियो ।



, , , , , , , , ,