कृष्ण रत्नगंगाले ग¥यो शिक्षक प्रशिक्षण

चौतारा साँगाचोकगढी नगरपालिका स्थित श्री कृष्ण रत्नगंगा माध्यमिक  विद्यालयको पूर्व विद्यार्थी समाजको आयोजनामा एक दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यता  जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख  गौरीशंकर पाण्डले गर्नुभएको  थियो भने वडा अध्यक्ष नरमान श्रेष्ठ चौतारा क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल, नगर शिक्षा शाखा प्रमुख गणेश पुरी, विव्यस अध्यक्ष  इश्वरीप्रसाद श्रेष्ठ, सदस्य कमलचरण कक्षपति तथा विभिन्न अग्रज व्यक्तित्वहरुको   लगाएतको  बिशेषउपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयमा अध्यापनरत ५० भन्दा बढी शिक्षक तथा कर्मचारीहरुलाई प्रशिक्षण गराइएको थियो । प्रमुख अतिथि, क्याम्पस प्रमुख, वडाअध्यक्ष लगायत अन्य महानुभावहरुले श्री कृष्ण रत्नगंगा मावि जिल्लाकै सर्वोत्कृष्ठ विद्यालय भएको र यसले आफ्ना शिक्षकहरुको क्षमता अभिवृद्धिलाई दिएको प्रशिक्षणको सबै विद्यालयहरुले अनुसरण  गर्नुपर्ने कुरामा विषेश जोड दिनुभयो ।


प्रशिक्षक माधव खतिवडाले विद्यालयमा हुने विद्यार्थी, शिक्षक र शिक्षण क्रियाकलापलाई केन्द्रविन्दु बनाई प्रशिक्षण गर्नुभएको थियो । ध्रुवलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्याम्पसका प्राचार्य राजेन्द्रकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
विषेशत कार्यक्रममा  विद्यार्थीहरुले मनोभावना, मानसिकता क्रियाकलाप के कस्तो  भइरहेको छ ? कस्तो प्रकारको हुन्छ ? त्यस्ता किसिमको समस्याहरुलाई के कस्तो उपाय अपनाएर समस्याको समाधान गर्न सकिन्छ भन्ने विषयमा व्याख्या विश्लेषण साथै छलफल भएको थियो ।
नेपाल सरकारले  सामुदायक बिद्यालयलाइ प्रोत्साहन दिँदै  निजी बिद्यालय हरु सँग सैदान्तीक प्रतिस्पर्धा गरिरहेको अबस्थामा भने सिन्धुपाल्चोक जिल्लाको पुरानो बिद्यालय श्री कृष्ण रत्न गंङ्गा माध्यमिकम बिद्यालयका शिक्षकहरुलाइ बर्तमान शिकाइका बारेमा एक दिने प्रशिक्षण दिइएको हो  ।
बर्तमान परिस्थीतमा  के गर्दा सामुदायक बिद्यालयमा बिद्यार्थीको आकर्षंण बढ्न सक्छ र कसरी सिकाइमा प्रगती गर्न सकिन्छ भन्नाका लागी यो प्रशिक्षणले सहज भएको  सहभागी शिक्षक हरिगोपाल श्रेष्ठले बताउनुभयो  ।
समुदायमा आधारित शिक्षण पेशालाई अझ मर्यादित र व्यवस्थित गर्दै समयानुकूल शिक्षाको विकास गर्नका लागि यो प्रशिक्षणले महत्वपूर्ण  भूमिका  निर्वाह गर्ने विद्यालयको शिक्षक सुवर्ण मानन्धरले बताउनुभयो । विद्यार्थी तथा समाजले चाहेको शिक्षाको विकास गर्दै मनोवैज्ञानिक ढंगले कसरी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर काठमाण्डौं विश्व विद्यालयका मनोपरामर्शकर्ता  माधव खतिवडा र शिक्षण अस्पतालका क्लिीनीकल मनोबिज्ञ भरत गौतमले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणबाट  सामुदायक बिद्यालयमा  अध्ययनरत विद्यार्थीहरुलाई मनोरञ्जनात्मक र प्रयोगात्मक सिकाइबाट नीजि विद्यालयसँग प्रतिस्पर्धा गरी शिक्षाको विकासका लागि पूर्व विद्यार्थी समाजले गरेको सहयोगको बिषेस धन्यबाद दिँदै प्रअ ध्रुबलाल श्रेष्ठले यस्ता प्रकारको प्रशिक्षण समय–समयमा गरिरहनु पर्ने र अरु सामुदायिक विद्यालयलाई पनि यसको खाँचो रहेको आफूले महसुस गरेको बताउनुभयो ।

, , ,