जुकाकोऔषधी खुवाउँन नगरप्रमुख तामामङ्गको निर्देशन नजीकको स्वास्थ्यसंस्थाबाट औषधी पाइने पुरीको दाबी

सगुन बस्नेत
नेपाल सरकारले नेपाल अधिराज्य भरका सबै ७७वटै जिल्ला का सबै  बिद्यालयमा जेष्ठको पहिलो हप्ता पोषण सप्ताह मनाउँने क्रममा सम्पुर्ण बिद्यालयका बालबालीकालाइ बाल कक्षा देखी प्लस दूइ सम्मका बिद्यार्थीहरु, शिक्षक हरु बिद्यालय ब्यबस्थापन समितीलगाएतकालाइ जुकाको औषधी खुवाएर मनाउँने नेपाल सरकारको  निर्णय अनुसार  चौतारा साँँगाचोक गढी नगरपालीकाले पनी सबै बिद्यालयमा जुकाको औषधी खुवाउँन सबै बिद्यालयहरुलाइ  निर्देशन दिइ सकेको  नगर प्रमुख अमानसिंतामाङ्गले बताउँनु भयो ।
  सरकारको निर्णयलाइ प्रभाबकारी ढङ्गबाट कार्यन्वयन गर्नका लागी जिल्ला शिक्षा कार्यलय, बिद्यालय निरिक्षक, श्रोत ब्यक्तीहरु सबैले आआफ्ना माताहातका बिद्यालयहरुलाइ  सबै बिद्यालयहरुका बालबालीकाहरु जुकाको औषधी सेबन गर्न बाट बन्चीत नहुन भन्नाका लागी आबश्यक निर्देशन दिइ सबै सबैलाइ जुकाको औषधी खुवाउँने ब्यबस्था मिलाउँन  समेत चौतारा साँगाचोक गढी नगरपालीकाका स्वास्थ्य शाखाका संयोजक  शिब पुरीले बताउँनु भयो । उँहाका अनुसार  जुकाको औषधी नजीकको स्वास्थ्य कार्यलयमा सम्बन्धीत बिद्यालयको आबश्यक  मागपत्रको आधारमा निशुल्क उपलब्ध गराइने ब्यबस्था मिलाइएको छ । साथै सबै बिद्यालयले आआफ्नो बिद्यालयमा खुवाएको औषधीको प्रतिबेदन खुवाइ सकेको दूइ हप्ता भित्र   नजीकको स्वास्थ्य कार्यलयमा उपलब्ध गराउँन सम्बन्धीत बिद्यालयहरुलाइ शिब  पुरीले अनुरोध समेत गर्नु भएको छ । यो कार्यक्रम सरकारले प्रत्यक बर्ष जेठको पहिलो हप्ता र पौषको पहिलो हप्तामा  जुकाको औषधी निशूल्क खुवाउँन बिद्यालयहरुलाइ निर्देशन भए पनी केही  बिद्यालय हरुले औषधी नखुवाएको र खुवाएको बिद्यालयहरुले समेत प्रतिबेदन नदिएकाले  यस बर्ष भने यसलाइ कडाइको रुपमा लागु गर्न नगरपालीकाले  अभियाननै चलाएकोले सो सम्बन्धी सरोकावालाहरु सबैले आआफ्नो क्षेत्रबाट यस कार्यक्रमलाइ सफलपार्न आबश्यक भुमीका निर्बाह गरी आफनो दाइत्व समेत जिम्वेवारीरुपले पुरा गर्न आग्रह समेत गर्नु भयो ।   प्राय बिद्यालय हरुले बिगतका बर्षहरुमा यस प्रती चासो नदिदा बिद्यालय  क्षेत्रबाट बालबालीको औषधी खान पाउँने अधिकारबाट समेत बञ्चीत भएका थिए ।  यस कारण पनी यस बर्ष यो कार्यक्रमलाइ नगरपालीकाले अभियानकै रुपमा  कार्यन्वयन गर्न लागेको हो ।

, , , ,