प्रथम दुवाचौर कपतालामाराङ युबा क्लबलाई
दुवाचौर सामुदायिक युबा क्लबको आयोजना र वडा नम्बर ७ को सहयोगमा भएको प्रथम दुवाचौर कप भलिबल प्रतियोगिताको उपाधि तालामाराङ युबा क्लबले जितेको छ ।
प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजारसहित शिल्डका साथमेडल प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृृष्णगोपाल तामाङले दुवाचौर भलिबल खेलाडीको उद्गम स्थल रहेकाले खेल मैदान निर्माण र खेलाडीलाई सहयोगगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँलेखेलसँगै आर्थिक हिसाबले पनि अघि बढ्न आग्रह गर्नुभयो । आयोजक क्लबले २०७२ सालको भूकम्पमा बिशेष राहत बितरण सहयोग तथा सूचना प्रवाह गर्ने संघसंस्थालाई समेत सम्मान गरेको छ ।
रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदी पनि सम्मानित हुनुभएको छ ।