विभिन्न कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाईयो

विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मे ८, २०१८ विविधि कार्यक्रम गरी सम्पन्न भएको छ । “रेडक्रस ः सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ सम्पन्न भएको हो ।
यस वर्षको विश्वव्यापी संकेत मुस्कान हो । वर्ष भरिनै रेडक्रसको विश्वव्यापी मानव सञ्जालको शक्ति र पहुँच एवम् रेडक्रसका झण्डै १ करोड ४० लाख स्वयंसेवक र कर्मचारीहरुको योगदानको चर्चा गर्दै कार्यक्रम सञ्चालन गरिएको हो । दिवसको अबसर पारी सिन्धुपाल्चोक जिल्ला शाखाले कोणसभा, वृद्धाश्र्रम र जिल्ला अस्पताल चौतारामा रहेका बिरामिलाई फलफुल वितरण कार्यक्रम गरेका थियो ।
कार्यक्रम नर्वेजियन रेडक्रसका नेपाल प्रतिनिधि मिगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै रेडक्रस मानविय सेवामा हरदम अग्रणि स्थानमा रहेको र आगामि दिनमा समेत रेडक्रसका कार्यहरु अझै तल्लो स्थरसम्म प्रभाकारी बनाउन लागी पर्नु पर्ने बताउनुभयो । सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभडेलको सभापतीत्वमा सम्पन्न भएको हो ।
सभापतीको आसनबाट बोल्दै ताल्चाभडेलले उपस्थित सम्पुणलाई धन्यवाद ज्ञापन गर्नु हुदै औपचारीक कार्यक्तमको समापनगर्नु भएको थियो । जिल्लाशाखाका मकेन्द्रियकार्यालय बाटप्राप्त सन्देश प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक अनिरुद्र न्यौेपानले गर्नुभएको थियो।
कार्यक्रमको आसय मुस्कान खुशी, सहजता र सन्तुष्टीको विश्वव्यापी संकेत हो । एउटा स्वयंसेवकको मुस्कानले काम सफलतापूर्वक सम्पन्न भयो भन्ने संकेत गर्दछ । विपद् वा संकटबाट प्रभावितको मुस्कानले आफूलाई सहयोग गर्ने इच्छासहित कोही तयारी अवस्थामा छन् वा सहयोग गरेकाछन् ।
मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस रेडक्रस अभियानका संस्थापक हेनरी ड्युनाको जन्मदिन पारेर मनाइन्छ । यो दिवस अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियानको एक महत्वपूर्ण वार्षिक समारोह पनि हो । हरेक वर्ष मनाइने यस दिवसमा अभियानले सम्बन्धित देशमा गरेका अद्धितीय कार्यहरुको प्रचारप्रसार गर्न बिभिन्न गतिविधिहरुको आयोजना गरिन्छ ।

,