नगरपालिकाको कार्य विवरण सार्वजनिक

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले एक समारोहका बिच आफ्नो एक वर्ष भित्र गरेको कार्यक्रम सार्वजनिक गरेको छ ।
‘चौतारा साँगाचोकगढीको समृद्धिको आधार–शिक्षा, कृषि पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकले नेपालको संविधान कार्यान्वयनमा आए पश्चात पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४, वैशाख पश्चात चौतारा साँगाचोकगढी नगरपालिकाले १ वर्षको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य कार्य तथा उपलव्धीहरु सार्वजनिक गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्गले जनता भनेका सम्पत्ति हुन उनीहरुको संरक्षण गर्नु जनप्रतिनिधिका मुख्य दायित्व हुन आउँछ भन्नुहँुदै जनताको संरक्षण गर्नु भनेको उहाँहरुको चाहना अनुसार विकासका कामहरु गर्नु हो भन्नुभयो । विगतका कामहरुको मुल्याङ्कन गर्दे कमी कमजोरी भेटिएमा त्यसलाई सुधार गर्न पर्ने बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्रप्रसाद बस्यालले नगरमा भएका कामकार्यहरुको विषयमा सबैको सहयोग भइरहेको र काम गर्दा हुने कमि कमजोरीहरु भएमा आगामी दिनमा सच्याउँदै जाने बताउनुभयो ।
नगर प्रमुख अमानसिं तामाङले कार्यक्रम सार्वजनिक गर्दै एक वर्षको बिचमा नगरपालिकाले गरेका कामका विवरणहरु, सहयोगी संस्थाबाट भए गरेका कामहरुका बारेमा जानकारी दिँदै आफूले कसैलाई पनि तेरो मेरो नभनेको विकासका काममा सबैलाई समान गरेको र यहाँ पक्ष विपक्ष पनि नभएको बताउनुभयो । उहाँले हालसम्म १२४९९ घरधुरीले पहिलो किस्ता प्राप्त ८७६५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका २०६१ घरधुरीले  अन्तिम किस्ता प्राप्त गरि सकेको बताउनुभयो ।
नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठले कार्यपत्र वाचन गर्नु भएको थियो । उहाँले  मठ, मन्दिर तथा गुम्वा जस्ता सम्पदाहरुको पुनर्निर्माण सुरु गरिएको बताउँदै नगरपालिकाको निर्णय वा आदेश
अधिकारपत्रको प्रमाणिकरण कार्यविधि– २०७४  स्थानीय तहको विनियोजन ऐन २०७४ चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक ऐन २०७४ चौतारा साँगाचोकगढी नगर कार्यपालिकाको कार्य सम्पादन नियमावली २०७४ 
चौतारा साँगाचोकगढी नगरपालिकाको न्यायिक
समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्वन्धमा चौतारा साँगाचोकगढी नगरपालिकाको व्यवस्था गर्न वनेको ऐन, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक कार्यविधि
नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको सहकारी ऐन, २०७४ चौतारा साँगाचोकगढी नगरपालिकाको स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यसम्पादन नियमावली, २०७४ चौतारा साँगाचोकगढी नगरपालिकाको कार्य विभाजन नियमावली, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको नगर सभाको सभा सञ्चालन तथा व्यवस्थान (कार्यबिधी) सम्वन्धमा व्यवस्था गर्न बनेको नियमावली, २०७४  चौतारा
साँगाचोकगढी नगरपालिकाको शिक्षा नियमावली, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय वा आदेश रअधिकारपत्रको प्रमाणीकरण नियमावली, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको
बैठक सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, चौतारा साँगाचोकगढी नगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको पदाधिकारीहरूको आचारसंहिता, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको एफ.एम रेडियो (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको जेष्ठ नागरिक परिचय–पत्र वितरण निर्देशिका, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको सरकारी नीजि क्षेत्र साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४  चौतारा साँगाचोकगढी
नगरपालिकाको निर्माण व्यावसाय नियमन गर्ने निर्देशिका, २०७४  चौतारा साँगाचोकगढी नगरपालिकाको एकिकृत सम्पत्ती कर व्यवस्थापन कार्यविधि २०७५ चौतारा साँगाचोकगढी नगरपालिकाको अनुदान तथा आर्थिक सहायता निर्देशिका २०७५ चौतारा साँगाचोकगढी नगरपालिकाको विज्ञापन कार्यविधि निर्देशिका २०७५  चौतारा साँगाचोकगढी नगरपालिकाको जग्गा प्लटिङ्ग सम्वन्धी कार्यविधि २०७५  सरसफाई तथा फोहरमैला व्यवस्थापन कार्यविधि २०७५  पुर्व प्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि २०७५  व्यावसाय कर निर्देशिका २०७५  चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि २०७५  स्थानीय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि २०७५  चौतारा साँगाचोकगढी नगरपालिकाको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यविधि २०७५ नगरपालिकाको आन्तरिक राजश्व तर्फ १,८०,००,०००।– प्रस्ताव गरिएकोमा नगरपालिकावाट हाल सम्म संकलित रु. ७७,६५,०४९।– र वडावाट रु, ५८,९६,७७८।– गरी कूल जम्मा रु, १३६८१८२७।– संकलन भएको  बताइएको छ ।
कार्यक्रममा रामप्रसाद गौतमले स्वागत मन्तव्य राख्दै नगरका काममा सबैले सहयोग गरिरहेकोमा धन्यबाद समेत दिनु भएको थियो भने नेपाल पत्रकार महासंघका पूर्व सभापति युवराज पुरीले नगरबाट गरिएका कामहरु प्रत्येक तीन तीन महिनामा सार्वजनिक गरेर सूचनाका हकको व्यवस्था गर्नुपर्ने बताउनुभयो । गैर सरकारी महासंघका सोम सापकोटाले सबैको आस्थाका केन्द्रको रुपमा रहेको चौतारा बजारमा रहेको सडकका कारण राम्रा कामहरु पनि ओझेलमा परेको बताउनुभयो ।
नेपाली काँग्रेसका बिलबहादुर तामाङले  कृषि र पशु बिज्ञ उत्पादन गर्न पर्ने बताउनुभयो  । नेकपाका यज्ञ सापकोटाले राजनीति गर्ने मानिसले यो र त्यो भन्नु भन्दा पनि आबश्यकता  अनुसार काम गर्न पर्ने नगरपालिकाका केही वडाहरुमा २० लाख सम्मको योजनालाइ  डोजर लगाएर एकै दिनमा सकिएको भन्ने सुन्नमा आएकोले यस्ताकाम प्रती सतर्क रहेर कामको पारदर्सिता गर्नु पर्ने बताउँनु भयो । जिल्ला सम्मन्वय समितीको सभाहलमा भएको उक्त कार्यक्रम चौतारा साँगाचोक गढी नगपालिकाका बरिष्ठ कार्यक्रम  अधिकृत  राजुभाइ श्रेष्ठले गर्नु भएको थियो ।

, , , ,