प्रगतिशिल लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा

राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ ।
सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा मालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा राख्नुभयो ।
राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुई देशका लेखक, पत्रकारहरुवीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमण दलका सदस्यहरुको संयोजन गर्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाललगायतको सहभागिता रहेको थियो ।

,