वडा नं १४ डडुवालाइ कृषी पकड क्षेत्र घोषणा गरिने

चौतारा साँगाचोक गढी नगरपालीकाको वडा नं १४ डडुवालाइ कृषी पकड क्षेत्र घोषणा गर्ने योजना




नगरपालीकाको रहेको १४ नं वडाका वडाअध्यक्ष शेरबहादुर श्रेष्ठले बताउँनु भएको छ ।
उँहाले बिगतमासब भन्दा बढी  खाद्यान्न उत्पादन गर्ने गाँउको रुपमा डडुवालाइ चिनीने गरेको र  यँहा उत्पादन भएको तरकारी ले समेत काठमाण्डौ , चौतारा, दोलालघाट लगाएतका  शहर हरुमा बजार लिइरहेको अबस्थामा यँहाका कृषकहरुको मनोबल उच्च राख्न पनी डडुवालाइ कृषी पकड क्षेत्र घोषणा गरेर कृषकालाइ बिषेस सुबिधा दिन पर्ने भएकाले आफुले यस्तो प्रस्ताब नगरको बैठकमा राख्ने र अनुमोदन गराउँने बताउँनु भयो । उँहाले उक्त कुरा जनहित दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडको बिसौ साधरण सभाको उद्धघाटन गर्दै उक्त कुरा बताउँनु भएको हो । उँहाले सहकारीताको माध्ययमबाट सबैको समस्या समधान गर्न सकिने भएको हुदाँ पनी सहकार िप्रती मानीसहरुको बिश्वास बढ्दै गएको बताउँदै डडुवामा रहेको द्ग्ध उत्पादक सहकारी संस्थाको व्बस्थापन राम्रो भएका कारण यस प्रती सबैको आशा जागेको बताउँनु भयो । उँहाले पुननिर्माणका काममा तिब्रता दिन आग्रह गर्दै कुनै पनी वडाबासीहरुले किस्ता लिनका लागी झन्झट ब्यहोर्न नपरोस भनेर आफु लागी परेको बताउँदै शौचालय,बिजुली मिटर, छानो राख्न साथ अन्तीम किस्ता लिन का लागी सम्पर्क गर्न आग्रह गर्नु भयो ।
त्यक्रममा कुनै समस्या भएमा वडामा सम्पर्क राखेर समस्याका समधान  गर्न पनी उँहाले आग्रह गर्नु भउो अब सबै मिलेर डडुवालाइ नमुना वडा बनाउँन लागी पर्न पर्ने समेत बताएँनु भयो । सोही अबशरमा सरकारको सामुदायक बिद्यालयमा बिद्यार्थी भर्नाको अभियान लाइ सबैले सहयोग गर्न पर्ने र सबै नागरिकले सामुदायक बिद्यालयमा नै बालबालीकालाइ पढाउँन पर्ने बिद्यालयका शिक्षकहरुले पनी मेहनत गरेर बिद्यार्थीलाइ गुणस्तरिय शिक्षा दिन पर्ने भन्नु हुदै स्थानीय बोर्डीङ्गबाट सामुदायक बिखलयमा भर्ना गरेका निर्मला न्यौपानेकी छोरी कक्षा छ की प्रकृती न्यौपानेलाइ वडा कार्यलयको तर्फ बाट प्रोत्साहन स्वरुप कापी कलम किन्नका लागी  रु पााचहजार नगद समेत न्यौपानेलाइ हस्तानन्तरण गर्नु भयो ।कार्यक्रमका बिषेश अथिती नेत्रज्योती कृषी सहकारी संस्थाका सचिब तथा लोकप्रिय नेत्रज्योती संञ्चार समुहका  कार्यकारी प्र्रमुख नेत्रबहादुर बस्नेतले  सहकारीले दुध संङ्कलन तथाबिक्री  बितरण  गरेर स्थानीयलाइ   दुधको लागी बजारको ब्यबस्थापन गरिदिएको पशुपालनमा प्रोत्साहन दिनुका साथै उत्पादनमुलक कार्यलाइ सहयोग गरिरहेको बताउँदै यसरी सहयोग उपलब्ध गराउँनुमा शिक्षीत ब्यक्तीहरको कुशल नेतृत्वको मुख्य भुमीका रहेको बताउँनु भयो
उँहाले अब पशुपालक कृषकलाइ पशुबिमाको ब्यबस्थ गर्न पर्ने बताउँनु भयो  पशुबिमाको आबश्यकतामा प्रकाश पार्दै सरकारले पशुबिमा गर्न चाहँने कृषकलाइ अनुदानको समेत ब्यबस्था गरेको बताउँनु भयो कार्यक्रममा संस्थाका  ब्यबस्थापक बिष्णु प्रसाद नेपालले सस्थाको आय ब्यय प्रसतुत गर्नु भएको थियो भने स.स्थाका उपाध्यक्ष बद्री बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो  संस्थामा १५१जना शेयर सदस्य रहेको बताउँदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बद्री प्रसाद नेपालले  संस्थाले नियमित रुपमा दुध बिक्री गरिरहनु भएका घाँसे हरुलाइ  दुध बिक्री गर्न ल्याउँनका लागी क्यान बितरण गरिने योजना रहेको बताउँदैै सबै शेयर दस्यहरुलाइ आआफ्ना बालबालीकालाइ  सामुदायक बिद्यालयमा भर्ना गर्न
अनुरोध गर्नु भयो । संस्थाका कोषाध्यक्ष भेष बहादुर खत्रीले संचालन गर्नु भएको उक्त साधरसभाले ८५लाख पन्ध्रहजार दुइशय त्रिहत्तर रुपैयाको आम्दानी खर्च अनुमोदन गर्नुका साथै आगमी बर्षहरुमा पनी बिगतकै बर्षको जस्तो रासायनिक मल ल्याएर शेयर सदस्यलाइ बितरण गर्ने लगाएतका बिभिन्न बियायमा छलफल गरी आगामी कार्ययाजना समेत पास गरेको छ । २२गते भएको साधरण सभा डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा  सम्पन्न भएको थियो ।

, , , , ,