२३ जिल्लाका बन अधिकृत सिन्धुपाल्चोकमा


 देश भरिमा  बैज्ञानीक बन ब्यबस्थापन गर्न शुरु गर्न लागेका  जिल्ला बन अधिकृतहरु सिन्धुपाल्चोकमा भेला भएका छन । नेपाल सरकार  बन तथा बातबरण मन्त्रालय बन बिभागको आयोजनामा ५ दिने तालीममा सहभागी हुन सिन्धुपाल्चोक आइ पुगेका हुन ।

जिल्लाको होटल अरनिकोमा भइरहेको  तालमिमा सिन्धुपाल्चोक लगाएत  बागलुङ्ग, बिराटनगर, डोटी ,काठमाण्डौ लगाएतका १६ जिल्लाको बन अधिकृत  तथा बन ब्यबस्थापन सम्बन्धी अध्यापन गराउँने प्रध्यापक हरु सहित २३ जनासहभागी लाइ   कसरी बन ब्यबस्थापन गर्न सकिन्छ, बनको सुरक्षा कसरी गर्ने कुन कुन जातका बनहरुलाइ कसरी ब्यबस्था गर्नै बदलिदो परिस्थितीमा परिबर्तन बाताबरण सँग मेल खाने गरि नयाँ नयाँ औजारहरुको प्रयोग गरेर रुखहरुको ब्यबस्थापन तथा त्यसका लागी सरंक्षणका बिषयमा भएको तालीममा सहभागी हुन जिल्लामा आएका हुन । जिल्लामा  बन बिभाको आयोजनामा भएको उक्त कार्यक्रममा केशब खनाल,शम्भु प्रसाद दङ्गालले  प्रशिक्षण दिइरहन् भएको छ । प्रशिक्षणमा प्रयोगात्मक प्रशिक्षणको समेत ब्यबस्था गरेको हुदाँ जल्केनी नजीकको जंङ्गलमा गएर आधुनिक तरिकाबाट   रुख कसरी काट्ने र कसरी गिन्डा बनाउँने र उक्त रुख काटेको ठाँउमा अरु बिरुवालाइ कसरी संरक्षण गर्ने भन्ने बिषयमा  प्रयोगात्मक प्रशिण गराइएको प्रशिक्षक दङ्गालले बताउँनु भयो उँहाका अनुसार आइतबार सम्म यो प्रशिक्षण जिल्लामा संञ्चालन हुने छ । जिल्लाका समेत बस्तु स्थितीका बारेमा   जानकारी लिदै  काठमाण्डौ बाट शूर भएको प्रशिक्षण कार्यक्रम सिन्धुपाल्चोक हुँदै रुपन्देहीमा गएर समापन हुने बताइएको छ ।

, , ,