चौसागढी नपा ५ ले ग¥यो बाल अन्तरक्रिया

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित बाल समूहले बालमैत्री स्थानीय शासनको विषयमा २ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चौतारा साँगाचोकगढी वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम वडालाई बालमैत्री कसरी बनाउने र टोल तथा विद्यालयहरुलाई कसरी सरसफाइमा अगाडी बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो ।
बालबालिकाले गरेका लगानी सँधैका लागि हुने र बाल हिंसा, बाल दुव्र्यवहार वाल विवाह बाल अधिकार सम्बन्धीका विषयमा सहभागीहरुलाई प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका आशनबाट बोल्दै वडाअध्यक्ष श्रेष्ठले विद्यालय तथा वस्तीहरुलाई र वडालाई बालमैत्री बनाउनका लागि आवश्यक योजना तर्जुमा गरी व्यवहारिकतामा लागू गर्न सरोकारवालाहरु लागि पर्नुपर्ने बताउनुभयो ।
नगर वाल सञ्जालका अध्यक्ष साजन श्रेष्ठले आगामी दिनहरुमा पनि वालवालिकाहरुको हक हितका लागि आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । होटल लाङटाङको सभाहलमा वडा बाल सञ्जालका अध्यक्ष सुप्रिन्स कसजूको अध्यक्षतामा भएको कार्यक्रममा बाल अभियान्ता ललित राणा, सफलता भण्डारी हुनुहन्थ्यो भने वडा नं. ७ का बाल सञ्जाल समितिको सदस्य अञ्जली दंगाल लगाएतको उपस्थिति रहेको थियो ।


,