सबधानी नअपनाउँदा सिङ्गोमाझी बस्ती जोखिममा



लोकप्रिय समचार
लोकमार्ग निर्माणका कारण माझी बस्तीमा सङ्कट हुन थालेको छ । हामीलाइ प्राप्त  समचार अनुसार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी  नगर पालीका वडा नं १४ स्थित भ्याडी को एकिकृत बस्ती  जोखिममा परेको छ ।
 जिल्लाका अन्य बस्तीका मानीसहरुले भुकम्प  लाभग्रही बाट पाँउने अनुदान सहयोगबाट  मापदण्ड अनुसार घर निर्माण गरेर बास बसी सकेका छन । तर त्याँहाका माझी समुदायहरु एकिकृत बस्तीको निर्माण गर्ने र त्यही सुन्दर बस्तीमा बस्ने  योजनमा  लागी रहेको अबस्थामा त्यँहाको  बाताबरण नै बिग्रने गरी  बस्तीलाइ नै  जोखीम बनाउँदै बाटो निर्माण भइरहेको कारण समस्यामा परेको स्थानीय माझी युवाहरु बताउँछन । भ्mयाडी टोल सुधार समितीका अध्यक्ष दिनेश माझीले  माझी बस्ती भन्दा माथीबाट सडक निर्माण गर्न लाग्दा त्यँहाबाट खशेको माटोले मकै खेती नष्ट भएको छ भने ढुङ्गा  गुडेर बस्तीमा आउँदा मानीस र अन्य पशुपंन्छीहरुलाइ समेत सङ्कट परेको छ ।
सडक निर्माण गरिरहादा उक्त स्थानमा बस्नै नमिल्ने भए पछी वडाध्यक्षलाइ जानकारी गराउँदा वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बिकाश निर्माणमा अबरोध गर्न नमिल्ने भएकाले स्थानीयहरु सहेर बसेका तर अब बस्ती नै जोखिममा पर्ने भए पछी लगाएको अन्नबाली समेत नष्ट भए पछी  बाध्य भएर स्थानीयले  बिरोध गर्न थालेका हुन यसका लागी सडक निर्माण कम्पनीले सबधानी अपनाउँन पर्छ यसका लागी आफुले सबधानी अपनाउँन  निर्माण कम्पनीलाइ अनुरोध गरेको बताउँनु भयो ।
  हाल उक्त क्षेत्रमा मध्य पहाडी लोकमार्गको निर्माण कार्य भइरहेको छ ।

, ,