नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कार्वाही

अनाधिकृत रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कडा कार्वाही गरिने भएको  छ । सिन्धुपाल्चोक जिल्लामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
विगतका दिनमा कार्वाहीको निर्णय भएतापनि भूकम्पबाट पुनर्निर्माणका लागि केही हदसम्म लचिलो भएको थियो । यो लचतकाको फाइदा उठाउँदै  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती, सुनकोशी, ब्रम्हायणी नदीबाट अनाधिकृत रुपमा नदीजन्य पदार्थ उत्खनन् भैरहेको थियो । नियम नै मिचेर क्रसर व्यवसायीहरुले आफुखुशी नदीजन्य पदार्थ उत्खनन् गरेर नियमलाई खुल्ला चुनौती दिएका थिए । यसो हेर्दा जिल्लामा सरकाको उपस्थिति नै छैन जस्तो गरेर क्रसर व्यवसायीहरुले केही व्यक्तिहरुसँग मिलेर नियम विपरित काम गरिरहेका थिए ।

सरकारले क्रसर सञ्चालनको लागि निर्देशीकाको समेत निर्माण गरेको छ । तर त्यो निर्देशिकालाई लत्याएर क्रसरवालाहरुले मनोपरी गरिरहँदा कार्यन्वयन निकाय मौन रहनुमा रहँदा नदीको संरचनामा नै दखल पुगेको थियो  । निर्देशिकामा राजमार्गबाट र खोला किनारबाट ५ सय मिटरको दुरीमा  वन तथा आरक्षणबाट दुई किलोमिटर दुरी टाढा  मात्र क्रसर संञ्चालन गर्न पाइने मापडण्ड तोकेको छ ।
अहिले ईन्द्रावती नदि किनारमा संचालन भएका क्रसरहरु तोकिएको मापदण्ड विपरित  सञ्चालन भइरहेका  थिए । अब आइन्दा यसरी २०७४ भदौ २० गते बनेको  कार्य विधी विपरित नदीबाट गिटी बालुवा निकालेर बिक्री बितरण गर्न पाइने छैन । जिल्ला स्तरिय अनुगमन सुपरिबेक्षण तथा समन्वय समितिको बैठकले नदीजन्य पदार्थ उत्खनन्मा भएको अनियमिततालाइ कडाइका साथ रोक्ने निर्णय गरेको हो । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङ, प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेल लगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला भित्रका अति आवश्यकतामा रहेका मन्दिर विद्यालयहरुलाई वालुवा गिटीको आवश्यकता परेमा अनुगमन गरेर आवश्यकतालाई मध्यनजर गरी दिन सक्ने समेत निर्णय भएको छ । नियम विपरित सञ्चालन भएका सबै क्रसर, व्यक्ति, संघ संस्थाहरुलाई  बुधबारदेखि नै लागु हुने गरी नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको जिल्ला सम्मन्वय समितिका नि.अधिकारी युगबहादुर खड्काले जानकारी गराउनुभयो ।

,