घुम्ति शिविर तथा अपाङ्गता सम्वन्धी अभिमुखिकरण कार्यक्रमसम्वन्धी अन्तरक्रिया सम्पन्न
चौतारा
जेष्ठ ६ गते सिन्धुपाल्चोकको चौतारामा, जिल्ला स्वास्थ्य कार्यालय, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एच. आर.डि.सी.) बनेपा काभ्रे र बिभिन्न सरोकारवालाको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि एक दिने घुम्ति शिविर सम्वन्धी अन्तरक्रिया तथा अपाङ्गता सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
.उतm कार्यक्रममा स्वास्थ्य शिविर सम्वन्धी सूचना जिल्ला अस्पतालले स्वास्थ्य चौकी मार्फत समुदायसम्मा सम्पेषण गर्ने , जिल्ला स्वास्थ्य कार्यालयले घुम्ति शिविरका लागि आवशयक स्थानहरु उपलब्ध गराउनुका साथै आवश्यक परेमाएक्सरे र ल्याबटेष्ट को लगि निःशुल्क व्यवस्था मिलाउने र जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिकाले अपाङ्गता परिचय–पत्र वितरणको लागि छलफल गर्ने सहमती भयो ।
घुम्ति शिविर २०७५ साल जेष्ठ १९ गते, सिन्धु सदावहार अस्पताल प्रा.ली. खाडीचौर, २० गते जिल्ला अस्पताल चौतार र २१ गते प्राथमिक स्वास्थ्य उपचार केन्द्र मेलम्चीमा हुनेछ ।