स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण तालिम हिजोदेखि सुरु भएको छ ।


स्थानीय तहमा विकासका कार्यक्रमहरु कसरी लागू गर्ने, त्यसका लागि योजना तर्जुमा कसरी गर्ने, विकासका योजनाहरुलाई कसरी समावेशि र स्थायित्व गर्ने भन्ने विषयमा सिन्धुपाल्चोक जिल्ला संघीय क्षेत्र नं. २ अन्तर्गतका सबै नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि योजना र बजेटिङ्ग सम्बन्धि तालिम सुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख  कृष्णगोपाल तामाङको अध्यक्षतामा   प्रदेश सांसद माननीय ईन्द्रमाया गुरुङ, प्रमुख प्रशिक्षक र पुर्व माननीय एवं जिल्ला विकास महासंघका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको विषेश उपस्थितिमा नगर तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र  कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पारदर्शिताका साथ निष्पक्ष र स्वतन्त्रता भित्र रहेर आवश्यकता अनुसारको बजेट विनियोजन गरुन्, कुनैपनि राजनीतिक तथा व्यक्तिगत भेदभाव नगरीकन विकास निर्माणको कार्यक्रमहरुलाई अगाडि बढाउन सहजताको निमित्त यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको सभापतित्व गरिरहनुभएका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

,