प्रदेश नं ३प्रमुख उप प्रमुखकोभेला७र ८ गते

नेपाल सरकार प्रदेश नं ३ भित्र रहेका  सबै  जिल्ला सम्मन्वय समितीका प्रमुख तथा उपप्रमुखहरु महानगरपालीका उप महानगपालीका ,नगरपालीका तथा गाँउपालीकाको प्रमुख उप प्रमुख तथा प्रमुख  हरु हेटौडामा भेला भएका छन ।

  ३नं प्रदेश सरकारको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सो भेला बोलाइएको हो । ३ नं प्रदेशअन्तर्गत रहेका १३ जिल्ला समन्वय समिति का प्रमुख उपप्रमुखर ११९ स्थानीय तहका प्रमुख उप प्रमुख हरुलाइ आगामी बर्षको विकास आयोजनाहरु कसरी  छनौेट, गर्ने  कर्मचारी दरबन्दीको व्यवस्थापनकसरी गर्ने र बजेटलाई समानुपातिक ढंगबाट विनियोजित कसरी गर्ने भन्ने बिषयमा जानकारी सहित छलफलका लागी भेला बोलाइएको होे। मुख्यमन्त्री डोरमणि पौडेलले  भेलाको उद्घाटन गर्दै स्थानीय जनप्रतिनिधिले सुशासन पारदर्शी एवं जिम्मेवार भई जनतालाई दिगो लाभ हुने योजनालाई छनोट गरी निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उँहाले आर्थीकको पारदर्शीताभएन भने जतीखेर पनी अपमानीत हुन सकिने भएकोले मुख्य आर्थीकमा पारदर्शीता हुन पर्ने बताउँदै बिकाशकमा बजेट बिनियोजन गर्दा आबश्यकतामा केन्द्रित रहन आग्रह गर्नु भयो । संविधानमा प्रदेशको संघीयता स्थानीय तहको मेरुदण्ड रहेको चर्चा गर्दै स्थानीय तहलाई ऐन कानूनको दायराभित्र राख्दै कर्मचारीको व्यवस्थापन, विकास आयोजनाको छनोट र कार्यान्वयन गर्दा अनियमितता हुने   खालका कुनै क्रियाकलापहुन नदिन र आफु पनी त्यस्ता कृयाकलाप बाट टाढै रहन  स्थानीय भेलामा सहभागी जनप्रतिनिधिलाई सचेत गराउनुभयो । राष्ट्रिय गौरवको आयोजनालाई समेत समावेश गरी ऊर्जा उत्पादन, पर्यटकको विस्तार एबम ऐतिहासिक गढीलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले बजेटको तर्जुमा गर्न लागेको बताउँदै जनताको सरोकारको निमित्त स्थानीय तह, प्रदेश सरकार र राजनीतिक दलहरुको बीचमा समन्वय गरेर अघि बढ्न आवश्य रहेको पौडेलले बताउनुभयो ।
भेलामा  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानले व्यवस्थापन गरेको स्थानीय तह, प्रदेश सरकार र प्रदेशसभाको बीच सहकार्य गरेर संघीयताको मर्मलाई चुस्त बनाउँदै जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न स्थानीय तहका पदाधिकारीहरु इमान्दार र जिम्मेवार हुनुपर्ने बताउँर्दैै जनताको सरोकारको विषयमा र सुशासनका लागि दलगत स्वार्थभन्दा माथि उठेर कार्य गर्न आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता नेपालीकाँग्रेसका साँसद इन्द्रबहादुर बानियाँले स्थानीय तहमा सुशासनको माध्यमबाट गरिबीको निवारण गर्ने र पहुँच नभएका जनताका लागि विकास योजना छनोट गर्दा पारदर्शी निष्पक्षका साथ कार्य गर्न आग्रह गर्दै प्रदेश सरकारले सबै स्थानीय तहलाई अनुगमन, निर्देशन गरी सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ भन्नुभयो ।
भेलामा, १३ वटा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा नगरपालिका अन्य गाउँपालिकाको प्रमुख, उपप्रमुख गरी ३२५ जनप्रतिनिधिको सहभागिता रहेकोजिल्ला सम्मन्वयसमिती सिन्धुपाल्चोकाका उप प्रमुख बालकुमारी सापकोटाले जानकारी दिनुभएको छ । उँहाका अनुसार भेला ७र ८ गते हुने र यो भेला अती आबश्यकता  भएको  बताइएको छ।