गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा“प्रतिक्षा ”



अनिषा तामाङ काठमाडौँ । नेपाली लोक गित संगीतहरुमा नेपाली पनको आभाष दिलाउने नविनतम सिर्जना रहेको हुन्छ ।  प्रत्यक्ष जीवनसंग आधारित  भोगाईहरुलाई समेटेर सफलता म्युजिक प्रालीको प्रस्तुतिमा कमल शुसान्त केसीको लोकदोहोरी गीत प्रतिक्षा गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा बजारमा आएको छ ।

भिडियोमा जिवनको निकै कारुणिय अवस्थालाई व्याख्या गरिएको छ । एक अर्काको साथ पाउने प्रतिबद्धताका साथ गीतमा कमल शुसान्त केसी र राजेश कुमार नेपालीको शब्द सिर्जना तथा युनिक भोजराज विक को लय सिर्जना रहेको छ ।  भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने नविन धर्ति मगरले भिडियो लाई सम्पादन गरेका छन । मायालु जोडिको भुमिका मा ईश्वर जंग खड्का र प्रतिभा राईको अभिनय रहेको छ । भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन ।

,