कानुन मन्त्रीको प्रमुख आतिथ्यतामा स्थानीय तहलाई प्रशिक्षण

स्थानीय तह शासन व्यवस्थामा एवम् आम नागरिकलाई न्यायको पहुँचको लागि स्थानीय तह न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सिन्धुपाल्चोकको चौतारा स्थित फिल्ड ट्रेनिङ हलमा हुने भएको छ । 
कानुन न्याय तथा संसदीय मन्त्री माननीय शेरबहादुर तामाङको प्रमुख आतिथ्यता र जिल्ला न्यायधिश श्रीमान् दिपक खनाल प्रशिक्षक रहनुहुने उक्त कार्यक्रममा स्थानीय तहका सबै उपप्रमुख लगायत न्यायिक  समितिका पदाधिकारीहरुको उपस्थिति रहने जिल्ला समन्वय अधिकारी युगबहादुर खड्काले बताउनुभएको छ ।
उहाँका अनुसार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण्णगोपाल तामाङको सभापतित्वमा हुने उक्त प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय तह शासन व्यवस्थामा सुदृढ एवम् आम सर्वसाधारणमा न्यायको कसरी पहुँच पु¥याउने भन्ने विषयमा केन्द्रीत रहेर प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।