विउ व्यवसायी संघको साधारण सभा सम्पन्न



नेपाल विउ व्यवसायी संघको दोश्रो साधरण सभा साविक कृषी विकास कार्यालयको  सभाहलमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाल विउ व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष चन्द्रप्रसाद काप्mलेको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि नगर प्रमुख तामाङले चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि उत्पादनको लागी आवश्यक पर्ने सबैखाले सहयोग गरिरहेको र नगरको श्रोत र साधनले भ्याएसम्म कृषि क्षेत्रमा सहयोग गरेर कृषिमा आत्मनिर्भर बनाउँदै लैजाने योजना रहेकोमा विउ व्यवसायीहरुले पनि यसलाई सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रम सञ्चालन नेत्रप्रसाद पराजुलीले गर्नुभएका थियो भने वीउ व्यवसायी संघका केन्द्र तथा प्रदेश प्रतिनिधिहरु लगायत जिल्लाका वीउ उत्पादक तथा वितरक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।