सम्बन्ध गाँस्न चीनका छेन्दु चौतारामा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र चिनको छेन्दु महानगर बिच भगिनी सम्बन्ध कायम हुने भएको छ । दूइ नगर बिच चौतारामा भएको छलफलमा यस्तो प्रस्ताब भएको हो ।
चिनीया प्रतिनिधी मण्डल र नेपाली प्रतिनिधीमण्डल बिच होटल अरनिकोमा भएको छलफलले यस्तो प्रस्ताब गरेको हो । नेपालले नि छिमेकी मुलुकका नाताले चिन सँगको सम्बन्धलाइ अझ बिकशित गर्नपर्ने  नेपाली पक्षको भनाइ चिनीया पक्षलाइ राखेको थियो ।
त्यस पछि नेपालको विकास र समृद्धीका लागि चिन सँधै सहयोग गर्न तत्पर रहेकोचिनका छेन्दु महानगरका उप–मेयर वाङ्दुइले बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालीका सँग मैत्री सम्बन्ध राख्दै अगाडी बढ्नका लागि नि उपमेयर सकारात्मक रहनु भएको छ। चौतारा सँगाचोकगढी नगरपालिका र चिनको छेन्दु महानगरका पदाधिकारी प्रतिनिधी बिच भएको छलफलमा उप मेयरले यस्तो बताउँनु भएको हो ।
उहाँले  परम्परादेखि रहँदै आएको नेपाल चिन मित्रतालाई अझ अगाडि बढाउँन पर्ने बताउँदै दुई देशको बिचमा समबन्धको गाँठो बागमती नदीको भन्दा लामो भएको भुकम्पले जस्तो जति हल्लाए नि दुई देश बिचको सम्बन्ध नहल्लने बताउँदै  सम्बन्धलाइ अझ गाढा बनाउँन चिन सरकार सकारात्मकारहेको बताउँनु भएको छ । आफू महानगरको मात्र नभएर तिब्बत र चिनसरकारको समेत प्रतिनिधकिा रुपमा यहाँ आएको बताउँदै  सबैले जिल्ला र नगरको समृद्धीका लागि चासो देखाएकोमा खुशी लागेका बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोकको चौतारा नगरपालिका र चिनको छेन्दु महानगर बिच भगिनी सम्बन्ध कायम गरेर अगाडी बढ्ने कुरा प्रती सकारात्मक हुदै नेपालको विकासका लागि चिन सरकारले बिगतमा नि सहयोग गरेको र भबिष्यमा नि सहयोग गर्न तैयार रहेको बताउँनु भयो । यस अघी चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र प्रसाद बस्यालले नगरपालिकाकाबारेमा संषीपत जानकारी गराउँनु भएको थियो ।  कार्यक्रममा नेपाली प्रतिनिधी मण्डलको तर्फबाट नगर प्रमुख अमानसिं तामाङ्गले स्वागत गर्नु भएको थियो । उँहाले स्वागत गर्दै दूइवटा सुन्दर नगर बिच भगिनी सम्बन्धका लागि छलफलमा जुटने अबशर पाएकोमा खुशी व्यक्त गर्दै चिनीया टोलीलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङ्ग, नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपालनेकपा माओबादी केन्द्रका पोलीटब्युरोसदस्य तथा पार्टी युवा तथा  वौद्धिक नेता माधब सापकोटा  सुवोध पूर्व माननीय  सुवास कार्मचाय ने.क.पा. माओवादी केन्द्र पार्टी सचिवालय तथा जिल्ला इञ्चार्ज कृष्ण प्र. सापकोटा  लगाएतले चिन सरकारले नेपाल को समृद्धी विकास का साथै सिन्धुपाल्चोकको समृद्धीका लागि आबश्यक सहयोग गर्न र बन्द रहेको तातोपानी नाका संञ्चालन गर्न पहल कदमीका लागि  अनुरोध गर्नु भएको थियो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्ग, प्रहरी बरिष्ठ उपरिक्षक महोन प्रसाद पोख्रेल, नगरपालिकाका १४ वटै वडाका वडाध्यक्ष तथा कार्यपालीकाका सदस्यहरु सञ्चार कर्मी लगाएतको टोली  नेपालको तर्फबाट र  चिनियाँ कम्यूनिष्ट पार्टी छेन्दु महानगर पार्टी कमिटिका  सेक्रेटरी आबु छेन्दु महानगरउप–मेयर वाङ्दुई छेन्दु महानगरपार्टी डेप्यूटी सेक्रेटरी डेङ्लङ छेन्दु महानगर डेप्यूटीसेक्रेटरी छिङ्वाजीनको छेन्दु महानगर फाइनान्स डाइरेक्टर तिवागेसङ छेन्दु महानगरस्टाफ ओभरसिएर चेन विङ टोली  चिनको तर्फबाट छलफलमा सहभागी रहेका थिए ।
छलफल पश्चात चिनीया टोलीले चौतारामा रहेको गुम्बाको समेत अबलोकन गरेका थिए ।

चौतारा साँगाचोक गढी नगरपालीका र चिनीया प्रतिनिधी मण्डल बिच भएको भगिनी सम्बन्धमा सहभागीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका तर्फबाट नगर प्रमुख अमानसिं तामाङले प्रस्तुत गर्नुभएको स्वागत मन्तव्यको पूर्णपाठ
नमस्कार । ल्हासो । फ्याफुल्ला । निहाऊ
छेन्दु महानगर,मित्रराष्ट्र चिनवाट पाल्नु भएका विशिष्ट पाहुना महानुभावहरु
· चिनियाँ कम्यूनिष्ट पार्टी छेन्दु महानगर पार्टी कमिटिका सेक्रेटरी आबु ज्यू
· छेन्दु महानगरउप–मेयर वाङ्दुई ज्यू
· छेन्दु महानगरपार्टी डेप्यूटी सेक्रेटरी डेङ्लङ
· छेन्दु महानगर डेप्यूटीसेक्रेटरी छिङ्वाजीनको
· छेन्दु महानगर फाइनान्स डाइरेक्टर तिवागेसङ ज्यू
· छेन्दु महानगरस्टाफ ओभरसिएर चेन विङ
पूर्व माननीय  सुवास कार्मचार्य ज्यू
ने.क.पा. माओवादी केन्द्र पार्टी सचिवालय तथा जिल्ला इञ्चार्ज कृष्ण प्र. सापकोटा ज्यू
पार्टी युवा तथा  वौद्धिक नेता सुवोध ज्यू
नगरका उप–प्रमुख ज्यू
अन्य उपस्थित नगरकार्यपालिकाका सदस्यज्यूहरु
उपस्थित महानुभावहरु
यस मैत्रीपूर्ण सम्वन्ध स्थापनाका लागि आयोजित भेटघाट समारोहमा पाल्नु भएका मित्रराष्ट्र चिनको छेन्दु महानगरकाका विशिष्ठ पाहुनाहरु र समारोहमा उपस्थित महानुभावहरुमा यस चौतारा नगरपालिकामा हार्दिक स्वागत गदर्छु  ।
आजको यो भेटघाटको विशेष अर्थ रहेको छ । हामिले हिमालय वारी पारीका दुईवटा सुन्दर पहाडी भूगोलमा अवस्थित शहरहरुको भगिनी सम्वन्ध स्थापना गर्नका लागि आधार तयार गर्दैछौँ । यस नगरपालिकाको पहिलो भगिनी सम्वन्ध स्थापनाको कार्य प्रारम्भ गर्ने अवसर प्राप्त भएकोमा चौतारा साँगाचोकगढी नगरपालिका अत्यन्तै गौरवाम्वित महशुष गर्दछौं ।
चौतारा साँगाचोकगढी नगरपालिका ३ नं प्रदेश नेपाल र चाईनाको छेन्दु महानगरपालिका विचको भगिनी सम्वन्ध स्थापना सम्वन्धमा हामिहरुले सम्वन्धलाई औपचारिकस्तरमा मात्र सिमित नगरी दुइ नगर विचका जनस्तरसम्म विस्तार गर्न चाहान्छौँ । हामी विचको सम्वन्धलाई सगरमाथा जस्तै उचाई दिन चाहान्छौँ ।
पछिल्ला वर्षहरुमा नेपाल चाईना सम्वन्धले नयाँ उचाई लिएको छ । दुवै देशका राजनीतिक नेतृत्वले सम्वन्धलाई उच्च महत्व दिएको छ । नेपालको राजनीतिक संक्रमणलाई चिर्दै संघिय लोकतान्त्रीक गणतन्त्रात्मक नेपालमा प्रवेश गरेको छ । तिन तह, सरकारको निर्वाचन सम्पन्न भएपछि आर्थिक समृद्धि, दिगो शान्तिको महामार्गमा नेपाल अगाडी बढेको छ । जनताको नजिकको रुपमा रहेको स्थानीय सरकारको रुपमा रहेको यस नगरपालिकाले आफ्नो सिमित श्रोत र साधनमा रहेर सुशासन दिगो विकास तर्फ आफ्ना कदमहरु अगाडी वढाएको छ ।
चीन सरकारले ल्याएको असाध्यै लोकप्रिय कार्यक्रम एक क्षेत्र एक सडक –वान् वेल्ट वान रोड) आयोजनामा नेपाल पनि  जोडिने गरी दूई पक्षिय सम्झौँता भईसकेको छ ।  चिनले गरेको प्रगतिवाट हामी पनि धेरै उत्साहित भएका छौँ । चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र वन्दा हामी असल छिमेकीको हिसावले हामीलाई पनि उत्साह र आत्मवल बढेको छ । हामी पनि चाइना र छेन्दु महानगरपालिकाले प्राप्त गरेको उपलव्धिका पाठहरु सिक्न चाहान्छौँ र नेपालमा आर्थिक सम्वृद्धिको पक्षमा सहयोग पुग्दछ भन्ने विश्वास लिएको छु ।
नेपालमा पछिल्ला वर्षहरुमा चीनको बैदेशिक लगानी प्रथम स्थानमा रहेको छ । हाम्रा बालवालिकाहरु चिनिया भाषा पढिरहेका छन् । चीनमा उच्च शिक्षा पढ्न जानेको संख्या वढ्दै गएको छ । यसरी द्धिपक्षीय व्यापारको मात्रा वढ्दै गएको छ । यसरी दुई देश विचको उच्च स्तरको सम्वन्धलाई छेन्दु र चौताराको सिटि टु सिटी स्तरमा विस्तार गर्न हामी अगाडी वढिरहेका छौँ ।
चौतारा र छेन्दु शहरका केहि मिल्दा जुल्दा विशेषताहरु रहेका छन् । पहिलो हामि विचको पहिलो मिल्दो विशेषता
दुवै शहरलाई महाभुकम्पवाट ठुलो जनधनको क्षति भएको इतिहास छ । छेन्दुमा सन् २००८ मा गएको महाभुकक्पको पुनःनिर्माण गरी नर्मल तथा बेटरसेप मा आइसकेको छ । चौतारामा सन् २०१५ मा गएको महाभुकम्पवाट ९५ प्रतिशत नीजि घर, करिव सवै सार्वजनिक अफिस, विद्यालय, स्वास्थ्य  संस्थाहरु पूर्ण रुपमा क्षति भएका थिए । यस नगरपालिकामा ६५२ जनाकोे दुःखद मृत्यु भएको थियो । हामी पुनः निर्माणको अभियानमा छौँ । अझै २ वर्ष पुनः निर्माण सम्पन्न गर्न लाग्ने अवस्था छ । प्रयाप्त जनशक्ति र वित्तीय श्रोतको कमीले गर्दा पुनः निर्माणको गति ढिलो हुन पुगेको छ । सन् २०१५ को महाभुकम्पमा चीन सरकारवाट भएको उद्दार, राहत र पुनःनिर्माणमा भएको महत्वपूर्ण सहयोग प्रति हामी धेरै धेरै आभारी छौँ  ।
दोस्रो मिल्दो विशेषता
छेन्दु र चौताराको मिल्दो जुल्दो विशेषता रेड पाण्डा रहेको छ । छेन्दु रेड पाण्डाको  होम टाउन हो । भने चौतारासंग जोडिएको लामटाङ नेशनल पार्कमा समेत रेड पाण्डा पाइन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको सामान्य परिचयः
चौतारा साँगाचोकगढी नगरपालिका प्रदेश नं–३ मा अवस्थित रहेको छ । जिल्ला सदरमुकाम मा रहेको यस चौतारा साँगाचोकगढी नगरपालिका समुद्र सतहवाट ९०० मिटर भिमटार माझिगाउँ देखि स्याउले ओख्रेनी १९०० मिटर सम्मको उचाईमा अवस्थित रहेको छ । सुन्दर र प्राकृतिक दृष्यहरुले मनोरम स्थलमा यस नगरपालिका अवस्थित रहेको छ । जुगल हिमालको काखमा अवस्थित यस नगरपालिकाको पूर्वमा पाँचपोखरी बाट उत्पत्तीभई वहने वलेफी, चिनको तिव्वतबाट उत्पत्ती भई बहने सुनकोशी नदी र पश्चिममा इन्द्रावती नदी, झ्याडी खोलाले नगरको सिमा छुटयाएको छ ।
काठमाडौवाट ८४ कि.मि. पूर्वमा अवस्थित रहेको यस नगरपालिकामा देशको राजधानी काठमाडौवाट अरनिको राजमार्ग हुँदै ३ घण्टाको सडक यात्राको माध्यमवाट पुग्न सकिन्छ । तामाङ्ग जातीको वाहुल्यता रहेको यस नगरपालिकामा ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, शेर्पा, घले, दलित पहरी लगायतका जात जातीको बसोवास रहेको छ ।
उष्ण तथा समशितोष्ण हावापानी रहेको यस नगरपालिका भौगोलिक र जलवायुको दृष्ट्रिकोणले विविधतामुलक रहेको छ । इस नगरपालिकामा हिउँ पर्ने स्थान देखि अत्यन्तै गर्मी हुने स्थान समेत १ घण्टाकै मोटर यात्रावाट अनुभव गर्न सकिन्छ ।
संक्षिप्त परिचय
ड्ड प्रदेश नं– ड्ड निर्वाचन क्षेत्रः १ र २ मा फैलिएको (१ मा ५ वटा वडा र २ मा ९ वटा वडा)
ड्ड वडा संख्या १४
सिमानाः
ड्ड पूर्वः जुगल तथा वलेफी गाउँपालिका
ड्ड पश्चिमः इन्द्रावती गाउँपालिका
ड्ड उत्तरः जुगल गाउँपालिका
ड्ड दक्षिणः काभ्रेपलाञ्चोक जिल्ला जनसंख्या
ड्ड कूल जनसंख्या  ४६८९७
ड्ड पुरुष २१२७२
ड्ड महिला २५२२५
ड्ड घरधुरी १०९०६
ड्ड जनघनत्व २८३.८७ जना वर्ग कि.मि.
ड्ड क्षेत्रफल १६५.१८ वर्ग कि.मि.
ड्ड  औसत आयु ६९.५७
ड्ड प्रतिव्यक्ति आय ११०० यु.एस. डलर
ड्ड साक्षरता ६८%
ड्ड नगरपालिकाको स्रोतः ८०% केन्द्रिय अनुदान
पर्यटकीय तथा धार्मिक महत्वका स्थानहरु
ड्ड गौराती भिमेश्वर
ड्ड रानी पोखरी
ड्ड साँगाचोकगढी
ड्ड सुनकोशी नदीमा हुने ¥याफ्टिङ्ग
ड्ड चौतारा बजार
ड्ड ओख्रेनी
ड्ड गुम्वा डाँडा चौतारा

चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वाचित पदाधिकारी
ख   प्रमुख श्री अमान सिं तामाङ्ग
ख उप–प्रमुख श्री जानुका पराजली
ख वडा अध्यक्ष १४ जना
ख कार्यपालिका सदस्य ८ जना
ख   जम्मा कार्यपालिका सदस्य संख्या २४ जना
ख जम्मा नगरसभा सदस्य ७५ जना
सन् २०१५ को विनासकारी भूकम्पमा भएको क्षति
त्र मानविय क्षति  ६५२ जना
त्र व्यक्तिगत आवास क्षति ९५% प्रतिशत
त्र सरकारी कार्यालय क्षति ९९% त्र अन्य क्षतिः
त्र सडक, खानेपानी, पशुपंन्छी खाद्यान्न लगायत
व्यक्तिगत आवास निर्माणको हालको अवस्था
जम्मा लाभग्राही १३०६९
अनुदानको दोश्रो किस्ता प्राप्त  गर्ने घरधुरी १२४४९
अनुदानको दोश्रो किस्ता प्राप्तगर्ने घरधुरी ७०% प्रतिशत
अनुदानको तेस्रो किस्ता प्राप्त गर्ने घरधुरी ४०%
नगरपालिकाका प्रमुख कार्यहरु
ड्ड व्यक्तिगत आवास पुर्ननिर्माण
ड्ड सडक निर्माण तथा मर्मत संभार
ड्ड पर्यटकिय क्षेत्रको पूर्वाधार विकास
ड्ड कुटिर उद्योग स्थापना तथा सञ्चालन
ड्ड  आयमुलक कार्यहरु
ड्ड शैक्षिक गुणस्तर सुधार
ड्ड खानेपानी तथा सिचाई
ड्ड प्राविधिक विद्यालयहरु स्थापना
अवसरहरु
त्र पर्यटकीय क्षेत्रको विकास मार्फत आय आर्जन
त्र तरकारी तथा फलफूल खेति
त्र रेन्वो ट्राउट माछा पालन
त्र कुखुरापालन, पशुपालन, र कुटिर उद्योग स्थापना मार्फत आय आर्जन
विद्यमान समस्याहरु
त्र सिमित स्रोत साधन
त्र प्राविधिक जनशक्तिको अभाव
त्र विकट भौगोलिक धरातल
छेन्दु महानगरपालिकाले कृषि, भौतिक पूर्वधार, शहरीकरण, पर्यटन विज्ञान तथा प्रविधि, शिक्षा स्वास्थ्थ जस्ता विषयमा यहाँहरुले गरेको प्रगतिवाट हामीले धेरै कुराहरु सिक्न सक्छौँ । ज्ञान र प्रविधिको हस्तान्तरण लाभान्वित हुन सक्दछौँ । चौतारामा कृषि, जलस्रोत, उद्योग, पर्यटनका प्रयाप्त संभावना भएको हुँदा चिनियाँ लागानीको लागि हार्दिक आह्वान गर्दछौँ ।
वान रोड वान बेल्ट आयोजनामा छिन्दु केन्द« विन्दुमा रहेको छ । यस नगरपालिका पनि चिन संगको मुख्य नाका तातोपानीको ढोकाको रुपमा रहेको हुदाँ यस अयोजनावाट लाभान्वित हुने निश्चित छ । हामीले द्धिपक्षीय सम्वन्धलाई निरन्तर अगाडी वढाउँदै दुवै पक्ष लाभान्वित हुने गरि परस्परमा असल सम्वन्धको विकास गरि हामी विचको सम्वन्धलाई जनस्तरमा विकास गर्न चाहान्छौँ ।
हामि भागिनी सम्वन्ध किन‘...............?
लिच्चवी राजा अशंवर्मा को छोरीको विवाह चिनको तिव्वत स्थित राजा स्ङचङ गोम्पो संग विवाह वाट सम्वन्ध बढदै गएको  र सन् ७०० तिर भारतको राजा अरुण स्व ले चिनको राजदुतलाई अपमान गरको विषयमा चिन र भारत विच युद्ध भएको र नेपालमा पनि आक्रमणको संभावना बढदै गएकोले नेपालको मद्दतका लागि चिनले ७००० जना अस्वरोही सेना पठाएको पाईन्छ ।
नेपालको कलाकार अरनिकोले चिनमा नेपाली कला संस्कृतिको प्रचार प्रसार गरेको पाईन्छ सोही कारण अरनिको राजमार्गको नाममाकरण अरनिकोको नामवाट भएको र अरनिको राजमार्ग नेपालको विकासमा कोशेढुङ्गा सावित भएको छ । यस गरी छेन्दु नगर संगको यस भागिनी सम्वन्धले  चौतारा साँगाचोकगढी नगरपालिकाको विकासमा कोशेढुङ्गा सावित हुने आशा गर्दछौं ।
हामी संयूक्त भएर काम गरौँ ।
हामी संयुक्त रुपमा हातेमालो गरौँ ।
सहकार्यवाट उल्लेखनिय परिवर्तन संभव छ ।
अत्यमा मित्र राष्ट्र चीनको छेन्दु महानगरवाट आउनुभएको विशिष्ट महानुभावहरुलाई पुनः हार्दिक स्वागत गर्दै मेरो भनाई यहिं अन्त्य गर्दछु ।
धन्यवाद÷से से