इर्खुकोयूवा शक्ति आत्मा निर्भर बन्दै
स्थानीय स्रोतको समुचित प्रयोगबाट नै घरैमा काम पाउने भए पछी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.८ इर्खुको १० जना युवाहरु लप्सि तथा अदुवा प्रशोधनमा जुटेका छन । जिल्ला लघु उद्यमी संघ (डिमेगा),सिन्धुपाल्चोकको सहजिकरण तथा व्यवस्थापन र चौतारा साँगाचोक गढी नगरपालिकको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।

उक्त तालिममा ७ जना महिला ,३ जना पुरुष गरि १० जनाको सहभागिता रहेको छ । लप्सि नचिन्दा खेरा जाने बस्तु थियो अब भने जीविकोपार्जनको मुल आधार सँगै पुस्ताको भविश्य सम्म बन्ने तालिम सहभागि राम थापा को भनाई रहको छ । थापा बैदेशिक रोजगार बाट फर्केर लप्सि क्याण्डी उत्पादन व्यवसाय तिर लागेका हुन ।यसै गरि अर्को सहभागि गोमा भारती भन्नुहुन्छ विनाशकारी भुकम्प २०७२ बैशाख १२ ले सडक पति भनाय पछि सरकारले आवासको लागि रकम व्यवस्था गर्यो तर सीप,पेशा आम्दानीको कुनै योजना गर्न सकेको थिएन तर नपालिकाले सीपमुलक तालिम संचालन गरेर पैसा कमाउन सक्ने भनाएको भनाई व्यक्त गर्नुहुन्छ । तालिममा लप्सि बाट क्याण्डी, खट्टु झोल पाउँ, पातापाउँ, अचार र चम्चा पाउँ आदी उत्पाद गर्न प्रशिक्षण गरियो भने अदुवाबाट क्याण्डी र सर्बत उत्पादन गर्न सिकाईएको छ । संस्थाको जिल्ला कार्यक्रम संयोजक श्री विक्रम सुन्दासका अनुसार प्रशिक्षक शुल्क, कच्चापदार्थ,मेशिन औजार खरिद सहित कुल जम्मा रु ७५ हजार ८ सय ७५ मा खर्चमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । समउन्न नगर निर्माणको मुल आधार लघु उद्यम भएकै कारण सबैलाई रोजगारी दिनको लागि नगरपालिकाले स्रोतमा आधारित उद्यम संचालनको लागि सीप मुलक तालिम संचालन गर्दै आएको छ ।