कालिका माध्यमिक विद्यालयका विद्यार्थीमा काम्ने, बर्रबराउने र छोप्नेजस्ता समस्या


बैशाख २७,सिन्धुपाल्चोक
लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १२ स्थित कालिका माध्यमिक विद्यालय मा विद्यार्थीलाई अनौठो प्रकारको स्वास्थ्य समस्याले सताउन थालेको छ । उक्त विद्यालयमा अध्यनरत १० जना विद्यार्थीमा काम्ने, बर्रबराउने र छोप्नेजस्ता समस्या देखापरेका हुन् । जसलाई बिरामी विद्यार्थीका अभिभावकहरुले ‘प्रेतात्मा’ लागेको जिकिर गरेका छन् ।

विद्यालयका विभिन्न कक्षामा अध्ययनरत छात्र, छात्रालाई अनौठो रोगले सताउन थालेको हो विगत १ महिना अगिबाट यस्ता लक्षण देखिएपनि अहिलेसम्म यसको नियन्त्रण हुन नसकेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिल वहादुर तामाङले बताउनुभयो ।
प्रेतात्मा लागेको आरोप लगाउँदै कतिपय बिरामी भएका आफ्ना छोराछोरीलाई स्कुल पठाउन छाडेको अध्यक्ष तामाङले बताउनुभयो ।उहाका अनुसार एकजना काम्ने, बर्रबराउन थालेपछि क्रमशः अरूलाई पनि त्यस्तै हुने गरेको छ । 
यस्तो समस्याले सताउन थालेपछि विद्यालय प्रशासनले अभिभावकहरुको सल्लाहअनुसार विद्यालय प्रांगणमै झाँक्री बोलाएर झारफुक गरेको थियो ।  तर निको नभएको तामाङको भनाई छ ।  झारफुकबाट पनि विद्याथीहरुलाई निको नहुने संकेत देखिएपछि ेपरामर्शकर्ताको सहायता लिन मेलम्ची प्रभामिक स्वास्थ्य केन्द्रमा समेत पुगेका छन् ।
यसैबिच मनोपरामर्शकर्ताहरुले भने विद्यार्थीमा देखिएको यस्ता समस्यालाई ‘भावनात्मक कठिनाई व्यक्त गर्न नसक्नुको असर भनेका छन् ।’
परामर्श दिने सस्था टिपिओका अनुसार अरु स्थानमा पनि मनोपरामर्ह पाएका केही बिरामी विद्यार्थीमा विस्तारै परिवर्तन आउने गर्दछ ।

, , , ,