सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सिकाई
सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यम सिकाईको सुरु गरेपछि अभिभावकहरु त्यस तर्फ आकर्षित भएका छन् ।
उहाँका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाले पनि स्थानीय सरकारको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको लागि अभियान चलाएको र अभियानमा अभिभावकको सल्लाह र सुझाव बमोजिम सिकाईको व्यवस्था गर्नुपर्ने व्यवस्था गरे अनुसार नै आफूले अभिभावकहरुसँग सुझाव लिने काम गरेको र अभिभावकले अंग्रेजी माध्यमबाट सिकाई गर्न सुझाव दिएपछि नीजि विद्यालयको जस्तै नर्सरी एलकेजी युकेजीमा पढाई सुरु गर्न लागिएको हो ।
विद्यालयको तर्फबाट शिक्षकहरुले पनि विगतको भन्दा बढी समय मेहनत गरेर नीजि विद्यालयसँग प्रतिष्पर्धा गरी सामुदायिक विद्यालयलाई पहिलो र स्तरीय बनाउने योजना अनुरुप अगाडी बढन लागेको शिक्षकहरुले बताएका छन् ।
डडुवा भवानीशंकर माविकै सहायक प्रअ सचित नेपालले शिक्षकहरुको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गरेर सामुदायिक विद्यालयमा अध्यनन गर्ने विद्यार्थीलाई अंगे्रजी माध्यमबाट पनि सिकाई गरेर अगाडि बढ्ने बताउनुभयो ।
डडुवा भवानीशंकर मावि डडुवामा ५४ जना नयाँ विद्यार्थी भर्ना भइसकेको र उनीहरुका अभिभावक र विद्यार्थीले नीजि विद्यालयको जस्तै अंग्रेजी माध्यमबाट पढाउनुपर्न सुझाव दिएपछि अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न लागिएको प्रअ नेपालले बताउनुभयो ।
यसैबीच नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयका प्रअ बद्रीप्रसाद नेपाल, वडा सदस्य भेषबहादुर खत्री, पूर्व विव्यस अध्यक्ष तथा सञ्चारकर्मी नेत्रबहादुर बस्नेतले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पुस्तक वितरण गर्दै प्रअ नेपालले अभिभावकले पनि आफ्ना बालबालिकाहरुले कसरी पढ्छन् भन्ने जानकारी लिनुपर्ने बताउनुभयो ।
बोर्डिङमा जस्तै आफ्ना बालबालिकालाई कस्तो पढाएका छन् निगरानी गरेर कुनै विषयमा कमजोरी लागेमा विद्यालयमा जानकारी गराउन समेत अनुरोध गर्नुभयो । बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी निजी श्रोतबाट कम्प्युटर शिक्षक १ जना र अगं्रेजी माध्ययम बाट अध्ययपान गराउँन शिक्षीकाहरु समेत नँया नियुक्त गर्न लागेको स्तरिय शिक्षा प्रदान गर्ने शिक्षकलाइ प्रोत्साहन र अल्छी शिक्षकलाइ कार्बाहीको प्रकृया शुरु गर्ने वडाअध्यक्ष तथा बिब्यस अध्यक्ष शेरबहादुर श्रेष्ठले बताउँनु भयो ।