चन्दाबाट खरिदगरिएको एम्बुलेन्स ठुलोसिरुवारीमा


सगुनबस्नेत,सिन्धुपाल्चोक । ठुलोसिरुवारीलगाएतआसपासका गाउँहरुका नागरिकले   आफ्नै गाउँमा एम्बुलेन्स सेवा पाएका छन । साबीक ठुलो सिरुवारी गाउँ बिकाश समिती हाल चौतारासाँगाचाृक गढीनगरपालीका वडा नं१३का स्थानीय हरुले उक्त सेवा पाएका हुन। स्थानीयहरुले  चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किने पछी स्थानीय हरु पनी खुशी भएका छन् ठुलोसिरुवारी विकास समाजको अगुवाइमा एम्बुलेन्स खरिदका लागि अभियान नै सञ्चालन  गरेर करिब १२लाखको लागतमा एम्बुलेन्स खरिद गरिएकोस्वास्थ्य चौकी प्रमुख शिब पुरीले बताउँनु भयो ।गाउँका मान्छे विरामी हुदा एम्बुलेन्सतथा अन्य सबारी साधनको अभावमा बिरामीले समयमा उपचार नपाइरहेको अबस्थामा यो एम्बुलेन्स सञ्चान गर्नका लागी ठुलो सिरुवारी सामाजको सहयोगबाटरु ७ लाख ४५ हजार रुपैयाँ संकलन गरिएको बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी सस्थाका सचिब ठाकुर गिरीले बताउँनु भयो  ।एम्बुलेन्स खरिदका  प्रत्येक घरबाट पनि रकम संकलन गरिएको एम्बुलेन्स सञ्चालक समितिले जनाएको छ।स्थानीयले सुरुगरेकाधुरीकरबापत ६ लाख संकलन भएको थियो । स्थानियको चन्दा र धुरीकरबाट संकलन भएको रकमबाट नपुग रकम चौतारा नगरपालिका र वडा कायार्नलयले सहयोग गरेको चौतारा साँगाचोकगढी १३का सचिब दुर्गाढुङ्गेलले बताउँनुभयो। एम्बुलेन्स का लागी स्थानीय सञ्चारकार्मी नेत्रबहादुर बस्नेतको पहलमा १थान स्टिचर सवारी चालक पोशाक प्राथकिम उपचारका लागी नमुना सामाग्री समेत उपलब्ध गराइएको थियो ।स्थानीयको सहयोगमा खरिद गरिएको एम्बुलेन्स सेवाको वडा अध्यक्ष रामप्रसाद गौतमले एक समारोहका बीच शुभारम्भ गर्नुभएको छ।सस्कृती परम्परालाइ अङ्गाल्दै पुजागरेर एम्बुलेन्सको को शुभारम्भ गरिएको थियो ।  एम्बुलेन्स को शुभारम्भ गर्दै गौतमले यस कार्यमा सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिनु हुँुदै सञ्चालनका लागि आगामी दिनमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । उँहाले सके सम्म र भ्याए सम्म ठुलो सिरुबारीका मात्र हाइन सबै क्षेत्रका नागरिकहरुले सुबिधा पाउँने समेत बताउँनु भयो ।


, ,