चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५व्यवसायीलाई प्रमाणपत्र वितरण

समयमा नै कर बुझाई सभ्य नागरिक बनौं भन्ने मूल नाराका साथ व्यवसाय प्रमाणपत्र वितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा रहेको वडा व्यवसायीहरुले व्यवसाय दर्ता गरेको व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।




चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व वडा अध्यक्ष नरमान श्रेष्ठले गर्नुभएको थियो ।
वडा सदस्य कमल श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै सबैलाई करको दायरामा आएर सबैले इज्जतसाथ व्यवसाय गर्न व्यवसाय दर्ता गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा उलकले वडाको कर वडामा नै परिचालन भए राम्रो हुने बताउनुभयो । उहाँले सबै व्यवसायीहरुले समयमा नै कर तिर्नुपर्ने भन्नुहुँदै व्यवसाय नवीरकण पनि समयमा नै गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुुरबाट तिर्दै आएको कर वडाबाटै तिर्ने व्यवस्था मिलाइए स्थानीयलाई राहत हुने बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद वस्यालले नगरपालिकाले गरेको आव्हान अनुसार व्यवसाय दर्ता गरेर नगरपालिकाको कार्यक्रमलाई सहयोग गरेकोमा धन्यवाद दिँदै नगरपालिकाबाट हुने सेवा प्रदान गर्न नगरपालिकाले कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो । तरपनि स्रोत र साधान अनुसार सकेसम्म नगरपालिकाले गर्नुपर्ने सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै नगरपालिकाबाट हुने स्वास्थ्य, शिक्षा र स्थानीय विकासका कार्यक्रम केही अगाडि बढिरहेको बताउँदै स्थानीय व्यवसायीको सहयोगको लागि प्रत्येक वर्ष साउन महिनामा नगरपालिकामा नै आएर कर बुझिदिन आग्रह गरेको र नगरपालिकाको उक्त आग्रहलाई सकारात्मक अर्थमा लिएको समेत बस्यालले बताउनुभयो ।
उहाँले साउन महिनामा भक्तपुरका कर अधिकृतले चौतारा साँगाचोकगढी नगरपालिकामा आएर कर बुझ्ने व्यवस्था मिलाउने बताउँदै व्यवसाय गर्ने व्यवसायीको अधिकार हो भने व्यवसायको संरक्षण र उनीहरुको सुविधाका लागि दायित्व नगरपालिकाको रहेकोले आगामी दिनमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान समेत गरिने बताउनुभयो । उहाँले करको दायरामा नआउनेलाई अब घरदैलो गरेर भएपनि दायरामा ल्याउने बताउँदै नगरपालिकाको आव्हानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अमानसिं तामाङले नगरपालिकाको प्रमाणपत्र भएपछि नगरपालिकाको तर्फबाट गर्न र पु¥याउनुपर्ने सहयोग गर्ने व्यवसाय गर्ने व्यवसायीले कर पनि तिर्नैपर्ने र सुविधा पनि लिनुपर्ने बताउँदै नगरपालिकाका व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न सधैं अग्रसर रहेको बताउनुभयो ।
समृद्ध र सुन्दर नगरपालिका निर्माण गर्नका लागि सबै मिलेर अगाडि बढ्न सके मात्र यो कार्य सफल हुने भएकोले नगरपालिकाका सबै  नागरिक एउटै घरका परिवार भएकाले कोही पनि नागरिकलाई कसैलाई काखा कसैलाई पाखा गरिने छैन । नगरका सबै आफ्नै परिवार भएकाले आफूले गर्नुपर्ने सहयोग सबैलाई गर्ने र व्यवसायीले पनि सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो ।

आगामी दिनमा व्यवसायीहरुको सल्लाह र सुझावको आधारमा अगाडि बढ्ने बताउँदै तामाङले चौतारा बजार शुन्य अवस्थामा पुग्न लागेको छ यसलाई पूर्ववत स्थितिमा चहलपहलमा पु¥याउनको लागि सबै लागि पर्नुपर्ने भन्दै पर्यटकीय विकास गर्नका लागि बन्देउदेखि चौतारासम्म पर्यटक भित्राउन लागि परेको बताउनुभयो । बन्देउमा नमूना गेटको व्यवस्था गरी आकर्षण गेट निर्माण गर्ने, साँगाचोकमा रहेको गढीको संरक्षण गर्ने र त्यसलाई पर्यटकको आकर्षण स्थल बनाउने, चौतारालाई हराभरा भनाउँदै स्याउलेमा निर्माणाधीन रहेको सहिद पार्कको नमूना विकास गरेर विभिन्न उद्योग कलकारखाना खोलेर चौतारालाई चहलपहल गराउन लागेकोमा यसलाई सबै व्यवसायीको सहयोग आवश्यक परेकोले सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले विगतका हिसावमा चौतारामा चहलपहल कम भइसकेको बताउनुभयो । संघीयताका कारण चौतारा बजारमा चहलपहल कमी भएको भन्दै उहाँले चौतारामा हुने कार्यक्रम मेलम्ची, बाह्रबिसेमा हुने गरेका छन् भन्दै यसलाई पूर्ववत स्थितिमा ल्याउन उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले नगरपालिकाले आव्हान गरे अनुसार व्यवसाय गर्ता गरेर नगरपालिकालाई सहयोग गर्नेलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै वडामा सूचिकृत भएका व्यवसायलाई वडाबाट कुनैपनि उद्योग व्यवसाय गर्न नसकिने भएकोले तुरुन्तै व्यवसाय दर्ता गर्न छुटेका व्यवसायीलाई अनुरोध गर्नुभयो ।
भूकम्पको अनुदान लिन बाँकी रहेका लाभग्राहीहरुले यथाशीघ्र भवन निर्माण गरेर अनुदान गर्न आग्रह गर्नुहुँदै सबैले आफ्नो घरआँगन सफा गरेर सभ्य नागरिकको पहिचान दिन अनुरोध गर्दै आगामी दिनमा हुने योजना  तर्जुमाको लागि टोल सुधार समिति  समेत गठन गरेर सबै योजना समेट्ने बताउँदै जेष्ठ नागरिक प्रमाणपत्र लिन बाँकीलाई लिन आग्रह गर्नुभयो । उहाँले घरभाडा घर नगरपालिकामा बुझाउन समेत सबैलाई आग्रह गर्नुभयो ।

, , ,