बाघको छाला र मासु सहति बाघमारा पक्राउ


सन्ध्या बस्नेत 
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले बाघ मारेको अभियोगमा तिन जनालाइ पक्राउ गरी बाघको छाला र  मासु सहीत  जिल्ला बन कार्यलयलाइ बुझाएको छ ।
  भिमटार स्थित प्रहरी चौकी बाट खटिइ गएका प्रहरीले जिल्लाको इन्द्रावती गाँउपालीका वडा नं १२का  भाइचा दनुवारको घरबाट छाला र मासु बरामद गरेको हो । बाघ मारेर   मासु लुकाएको भन्ने सुराकी पाए पछी  प्रहरी टोलीले खोजी गर्दै जाँदा उक्त मासु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक माहेन प्रसाद पोख्रेलका अनुसार सोही गाउँपालीका वडा नं १२का बर्ष २०का नारायण दनुवार बर्ष २६का लक्ष्मण्म दनुवार बर्ष ४५का ज्ञानबहादुर दनुवार बर्ष २४का सबिन दनुवारलाइ  भिमटारको पिपलटारमा बाघ मारेको हुँदा पक्राउ गरी बरामद गरिएकाृ बाघको छाला र मासु सहित जिल्ला बनकार्यलयलाइ कार्बाहीका लागी बुझाइएको बताउँनु भयो । निजहरुलाइ  बैशाख २५गते बिहान १०  बजे पक्रायउ गरिएको हो छाला र मासु लुकाइ राख्ने घर धनी भाइचा दनुवार भने फरार रहेका छन ।जिल्ला बनकार्यलयका जिल्ला बन अधिकृत  राजु क्षेत्रकिा अनुसार निजहरुका बिषयमा अनुसन्धान भइ रहेको र दोषी ठहरिए पछी राष्ट्र्यि निकुन्ज तथा बन्य जन्तु आरक्षण संरक्षण ऐन बमोजिम सँजाए हुने  छ ।  सो ऐन बमोजिम छ महिना देखी एक बर्ष सम्म कैदबिसहजार देखी पचास हजार सम्म जरिवाना वा दुइ मध्य एक सँजाय हुन सक्ने समेत अधिकृत क्षेत्रीले बताउँनु भयो । 

, , ,